उत्पादन र व्यवसायमा किसानहरु ठुलो क्षति व्यहोरेका छन्- किसान आयोग

- April 9, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आज विश्व मानवजातिले अचानक इतिहासमै भोग्नु परेको समस्या कोरोना भाइरस (Covid-19) को सामना गरि दिन प्रतिदिन यस्को विश्व समुदायमा खतरा वढ्दो छ । दुई ठुला छिमेकी मुलुक विश्वकै १ तिहाई जनसंख्या ओगटेको भारत र चिनको बिचमा सेतुको रुपमा आफ्नो भुमिका निर्वाह गर्दै आइरहेको हाम्रो देश नेपाल पनि यो समस्याबाट अछुतो रहने प्रश्‍न भएन तर नेपाल सरकारले समयमै सचेतता पूर्वक आफ्नो कदमहरुलाई अगाडी वढाईरहेको र नेपाली जनताले सरकारको निर्देशनलाई गम्भिर पूर्वक पालना गरेको कारण देशका जनताले यो महामारीको गम्भीर सामना गर्नु परेको छैन। यो परिस्थितिमा राष्ट्रिय किसान आयोगले पनि सरकारमा आभार व्यक्त गर्दछ । साथै आम नेपाली जनतामा हार्दिक धन्यवाद व्यक्त गर्दै यस विषम परिस्थितिमा नेपाल सरकारको निर्देशनलाई गम्भिरतापूर्वक पालना गर्दै कठोर अनुशासनमा रहनुको हामीसँग कुनै विकल्प छैन यति हुँदा हुदै हाम्रो अर्थतन्त्रमा उद्योग व्यवसाय, उत्पादन, दैनिक कामकाज र जन जीवनमा ठूला धक्का र असर परिरहेको छ ।अर्का तिर उद्योग व्यवसाय संचालन छैन भने उत्पादन र व्यवसायमा किसानहरु ठुलो क्षति व्यहोरेका छन् । खासगरी पशु र दुग्ध उत्पादक किसानहरु, तरकारी फलफूल उत्पादक किसानहरु, मत्स्य, कुखुरा पालक र अन्डा उत्पादक किसानहरु, च्याउ केरा किसानहरुले आफ्नो उत्पादनको बजार नहुदाँ ठुलो क्षति व्यहोर्नु परेको छ । यस विषम परिस्थितिमा किसानहरुको उपजलाई उचित मूल्यमा बजार र उपभोक्ता समक्ष पुर्‍याउनको लागि कृषि उपज ढुवानीमा सावधानीपूर्वक सहजता बनाउने, कृषि उपजको मूल्य श्रृखंला र आपूर्ती व्यवस्थापन गर्नु अपरिहार्यता भएको छ । कृषकहरुको लागि आवश्यक पर्ने विउ, मल लगायतका कृषि सामाग्रीको सहज उपलब्धता गराउने साथै कृषकको लागि आवश्यक राहतका विशेष कार्यक्रम संचालन गराउने र यो अवस्थामा आन्तरिक बजारलाई अविलम्व नियमित र व्यवस्थित गर्न निश्चित मापदण्डको आधारमा ढुवानी सेवा नियमित रुपमा संचालन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मार्फत नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गर्दछौ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!