चौधरी ग्रुपद्वारा गैरकानुनी रुपमा अर्बौं रुपैयाँ विदेश लग्यो

- April 8, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चौधरी ग्रुपले देशको विद्यमान ऐन विपरित गैरकानुनी बाटोबाट बर्षेनी अर्बौं रकम विदेश लैजादै आएको छ । यसरी अबैधरुपमा विदेशमा रकम लगेको र सो लैजान रोकी कानुनी कारबाही गर्न पुर्व सूचना मन्त्री गोकुल बास्कोटाले सरकारलाई आग्रह गरेका छन् । बास्कोटाले गत मंगलबार सामाजिक संजालमा नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीलाई बधाई तथा शुभकामना दिनेक्रममा सो गैरकानुनी काम रोक्न सुझाव दिएका छन् । गभर्नर अधिकारीलाई शुभकामना दिंदै बास्कोटाले लेखेका छन्, ‘एन बी इन्टरनेशनल जस्ता कम्पनीले पारदर्शी कानुन बनाउन लगाउने सफलता मार्फत् गैरकानुनी बाटोबाट लाभांशका नाममा विदेश पठाउँदै गरेको अर्बौ रकम रोक्न सक्नुहोस् । बास्कोटाले एनबी इन्टरनेशनल आयरल्याण्डमा रहेको कम्पनी हो ।

यो कम्पनीमा चौधरी ग्रुपको लगानी छ । चौधरी ग्रुपले एनबी इन्टरनेशनल मार्फत् नबिल बैंकमा लगानी गरेको छ । बैंकमा एनबी समूहको ५० प्रतिशत लगानी छ । अर्थात् बैंकले दिने लाभांशको ५० प्रतिशत रकम एनबी समूह मार्फत् विदेश जान्छ । पूर्वमन्त्री बास्कोटाले यसरी रकम विदेश जानु गैरकानुनी रहेको दाबी गर्दै त्यसलाई रोक्न नवनियुक्त गभर्नरलाई सुझाव दिएका हुन् । मन्त्री रहँदै बास्कोटा चौधरी समूहका बिरुद्ध खरो रुपमा उत्रिने गरेका थिए । उनैले चौधरी समूहको सिजी टेलिकमको लाइसेन्स खारेज समेत गरिदिएका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!