कूटनीतिक नियोगको गाडीबाट कालोबजारी : किर्गीस्थानका अवैतनिक महावाणिज्यदूत पक्राउ

- April 7, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं : कालोबजारी गरेको आरोपमा शंकर समूहका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन्। जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालकसमेत रहेका अग्रवाल कालोबजारी गरेको आरोपमा मंगलबार पक्राउ परेका हुन्।

महानगरीय प्रहरी अपराध महाशाखाका एसपी मुकेस सिंहका अनुसार अग्रवाल ६७ थान थर्मलगतसहित नक्सालबाट पक्राउ परेका हुन्। उनीमाथि तीन हजार पर्नेे थर्मलगन १५ हजार रुपैयाँमा बेचेको आरोप छ।

अग्रवाल किर्गीस्थानका अवैतनिक महावाणिज्यदूतसमेत हुन्। प्रहरीले उनलाई कूटनीतिक नियोगको २०९८ सीसी वान नम्बरको गाडीसहित नियन्त्रणमा लिएको हो।

नेपाल एयरलाइन्सको विमान चार्टर्ड गरेर अग्रवालले शनिबार मात्र चीनको ग्वन्झाओबाट चार टन मेडिकल सामग्री ल्याएका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको सिंहको भनाइ छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!