स्वास्थ्य सामाग्री घोटलाका दोषीलाई उन्मुक्ती : बेमौसमी बाजा बजाएको भन्दै मिडियामाथि प्रधानमन्त्री ओलीको आक्रोश

- April 7, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । केही दिन अघिसम्म चौतर्फी विवाद र स्वास्थ्य सामाग्री खरिद घोटला भएको स्वीकारेपनि सो प्रकरणमा संलग्नमाथी सरकारले कुनै कारबाही नगर्ने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीका नाममा गरेको दोस्रो सम्बोधनमा चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीमा भएको अनियमिततामा संलग्नलाइ कारवाही हुने र नयाँ राहात योजनाहरु घोषणा हुने अनुमान लगाएको भएपनि सो नभई उल्टो मिडियाले विषम परिस्थिीतिमा पनि बेमौसमी बाजा बजाएको भन्दै आक्रोश पोखेका छन् ।
सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सरकारमाथि मिडिया र समाजिक सञ्जालका साथै केही ब्यक्तिले यस्तो गम्भीर परिस्थितिमा काम गरिरहेका ब्यक्तिहरू अनियमितता गरेर भनेर निराधार आरोप लगाइएको बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने,‘सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिवद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन ।’ प्रधानमन्त्री ओलीको सो सम्बोधनसंगै स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामा संलग्नहरूमाथि र ह्याक गर्ने आइटी विज्ञका रुपमा रहेका अक्कर अलीमाथी भने कुनै कारवाही नहुने निश्चित देखिएकोछ ।

र यो पनि…..

स्वास्थ सामाग्री खरिदमा यसरी भएकाे छ भ्रष्टाचार (प्रमाण सहित)

स्वास्थ सामग्री खरिदमा घाेटला : एकै दिन एकै देशबाट आएकाे सामानमा फरकफरक मुल्य

विना दर्ता कम्पनीले कसरी पायो स्वास्थ्य सामाग्री ल्याउने टेण्डर ?

ई–सेवाको कालाकर्तुतमा राष्ट्र बैंक मौन : अस्गर अलिमाथि छानविन नहुने आशंका

प्रधानमन्त्रीका आइटि सल्लाहकार अलीको ल्यापटपमा कानूनले बन्देज गरेको तथ्यांक


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!