सरकारले खोल्ने भनेको सहुलियत बजार खोल्न सकेन, अत्याबश्यक बस्तुको मुल्यमा आफुखुशी बृद्धि (भिडिायो सहित)

- April 5, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सरकारले देशमा परेको विषम परिस्थितबाट दैनिकी ज्यालादारी वर्गलाई सहयोग गर्ने उदेश्यले ल्याएको सहुलियत पसल सञ्चालनमा ल्याउन सकेको छैन । सरकारी निकायनै लक डाउनको कारण देखाउदै बन्द गरिएको छ । तर सर्वसाधारण अत्याबश्यक बस्तुको अभाबमा कहाँ कसले राहात देला भन्ने आसामा भौतारीदै हिड्नेमा समेत बृद्धि हुदै गएको छ । विश्वभर फैलिदै गएको कोराना भाइरसका कारण सरकाले गत चैत १० गतेदेखि लगाएको लक डाउन अझै जारी छ । सरकारले लक डाउन लगाएसंगै अत्याबश्यक बस्तुको बिक्री वितरणमा कुनै अबरोध नहुने जनाएपनि सो अनुसार व्यवस्था गर्न नपाउदा खाद्यन्नको खोजीमा भौतारिनु परेको दृष्य उपत्यकाभित्र नै देखिन थालेको छ । लकडाउन अवधिभरका लागि निश्चित ठाउँबाट १० प्रतिशत छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने घोषणा सरकारले गरेको थियो तर सो अनुसार अहिले सम्म खुलाउन सकेको छैन ।

कालिमाटी स्थित रहेको साल्ट ट्रेडिङ कर्पोरेशनको हातामा रहेको सुपथ पसल समेत विभिन्न बहाना देखाउदै बन्द गरेको छ । मन्त्रिपरिषद्को बैठकले खाद्य तथा अतिआवश्यकीय वस्तुमा १० प्रतिशत छुट गरिने भनेर गरेको निर्णयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो घोषणा गरेको थियो । मन्त्रालयले सरकारका मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले बिक्री गर्दै आएका खाद्यान्न, चामल, गेडागुडी, इन्डक्सन चुलो, नुुन, चिनी, एसटीसी ग्यासलगायतमा १० प्रतिशत छुट दिने जनाएको थियो । मन्त्रालयका अनुसार ती कम्पनीले आआफ्ना पाँच÷पाँचवटा बिक्री केन्द्र र मोबाइल भ्यानमार्फत बिक्री गर्दै आएको खाद्यान्न सामग्री निर्देशिकाका आधारमा सम्बन्धित वर्ग वा समुदायलाई वितरण गरिने योजना बनाएको थियो । सरकारले घोषणा गरेको सुपथमुल्यको पसल अहिलेसम्म सञ्चालन नगरेपछि उपभोक्ताहरु अहिले खाद्यन्नको जोहोकालागि भौतारिन थालेपछि महानगरपालिकाहरुले निश्चित मात्रामा मजदुरी गरि जीविको पार्जन गर्दै आएकालाई खाद्यान्न बस्तु वितरण गरेको काठमाडौ महानगरपालिका १३ नम्बर वडा कार्यालयले जनाएको छ । सो १३ नम्बर वडाअध्यक्ष धु्रवनारायण मानन्धरले अहिले हामीले विभिन्न माध्यमबाट मजदुरहरुको पहिचान गरेर राहात वितरणलाई जारी राख्ने बताए ।
सरकारले खाद्यान्नमा कुनै अभाब नभएको बताएपनि बिक्री गर्न जिम्मेवारी पाएको निकायभने लक डाउन र कोरोना भाइरसको कारण देखाउदै बन्द गरिएको छ । खाद्यान्न संस्थानको अञ्चल कार्यालय थपाथलीको गोदाममा राखिएको ४ सय ८७ दशमलव २२ क्विन्टल चामल कुहिसकेको भन्ने खबर समेत पाप्त भएको छ । सो चामल गोदाम नम्बर २४ र ३० मा राखिएको छ । २४ नम्बर गोदाममा ३ सय २३ दशमलव १७ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४ दशमलव ०५ क्विन्टल बास्मती चामल कुहिएको अवस्थामा रहेको जानकारी आएपनि सो संस्थान समेत बन्द रहेको छ । सरकारले उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने स्वस्थकर खाद्यान्न आपूर्ती व्यवस्थामा देखिएको बेथिती रहेको सरकारी संयत्रहरुलाई पनि चुस्त दुरुस्त कहिले राख्ने भन्ने चौतर्फी चासो समेत बढेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!