ई–सेवाबाट हुन्छ अबैध बिटक्वाइनको कारोबार : प्रधानमन्त्रीकै आईटि सल्लाहाकार अली मुख्य योजनाकार

- April 4, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । नेपालमा अनलाइन मार्फत अबैध रुपमा पैसाको कारोवार गर्ने ईसेवा नामक संस्था अहिले आएर पुनः विवादित हुन पुगेको छ । दुई तिहाई जनमतबाट राज्य सञ्चालन गर्ने जिम्मेवारी पाएका केपी ओलीको सरकारमा रहेका केही भ्रष्टाचारी मानकिता भएका व्यक्तीका कारण अहिले देशमा विकासभन्दा पनि भ्रष्टाचार मौलाएकोमा दुईमत छैन । यसैबीच भ्रष्टमती भएका प्रधानमन्त्री केपी ओलीका सल्लाहाकारहरुले ह्याकरदेखि भ्रष्टाचारमा लिप्त भएका बिष्णु रिमाल, उपपधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोईराला र डिजी महेन्द्र श्रेष्ठ र आईंटी सल्लाहाकार अस्कर अलीकै कारण प्रधानमन्त्री ओली भ्रष्टाचारमा ढुव्न पुगेका हुन । प्रधानमन्त्री ओलीले उनीहरुलाई पदबाट निलम्बन गरी हिरासतमा लिई कारबाही नगरेसम्म भ्रष्टाचार बालुबाटाबारटै खुलारुपमा हुनेमा कसैले रोक्न सक्ने छैनन् ।
उच्च शक्तिको दुरुपयोग गर्दै इसेवा नामक संस्थाले लामो समयदेखि नेपालमा बिटक्वाइन बेच्ने बिटसेवाले आफ्नो अफिसियल गेटवेका रूपमा ई–सेवालाई राखेको छ । लाखौँ नेपाली रुपैयाँ वा डलर तिरेर सर्वसाधारणले बिटसेवामा संकलन गरेको बिटक्वाइन अब के हुन्छ भन्ने पनि टुंगो छैन । संसारको कुनै पनि राज्यले उत्पादन नगरेको, कुनै पनि निकायमा सुरक्षण नभएको र भौतिक आकार र अस्तित्वसमेत नभएको यस्तो ‘भर्चुअल करेन्सी’ खरिदबिक्री गरेर रातारात धनी हुने ध्याउन्नमा प्रधानमन्त्री ओलीकै नाम भजाउदै अस्कर अली र विश्वास ढकाल नामका व्यक्ती अहिले समेत अबैध धन्दा चलाउनमा व्यस्त रहेका छन् । अनलाइनमा घन्टाघन्टामा दर तलमाथि हुने यस्तो मुद्रा किन्दा रातारात करोडपति हुन सकिने भन्दै विभिन्न गिरोहले सर्वसाधारणलाई आकर्षित गर्दै आएका थिए । बिटक्वाइनको कारोबारलाई सरकार र राष्ट्र बैंकले अवैध मानेको छ । अनलाइन भुक्तानी सेवाप्रदायक (पिएसपी) को काम गरिरहेको ई–सेवाबाट बिटक्वाइनको कारोबार भइरहेको तथ्य बाहिर आएपछि राष्ट्र बैंकले अनुसन्धान सुरु गरेको भएपनि कुनै कारबाही नगरी छोडेसंगै अबैध कारोबारको कमिशन केन्द्रीय बैंकसम्म पुग्ने गरेको समेत आरोप लागेको छ ।

राष्ट्र बैंकले सूचना सार्वजनिक गरेर बिटक्वाइन कारोबार नगर्न तथा नगराउन भन्दै सो सस्थालाई उन्मुक्ति दिएपछि अबैध कारोबारको कार्यमा तीब्रता आएको पाईएको छ । कुनै समय गोल्डक्वेस्ट र पछि युनिटीजस्तै गैरकानुनी सञ्जालबाट कारोबार हुने बिटक्वाइन खरिद गर्दा ई–सेवामार्फत भुक्तानी हुने गरेको बिट सेवाको वेबसाइटमै उल्लेख गरेको थियो । भने अहिले सो जानकारी भने हटाएको छ । नेपालमा ई–सेवा र लन्डनमा केन्द्रीय कार्यालय रहेको अनलाइन पेमेन्ट गेटवे ‘स्क्रिल’ बाट बिटक्वाइनको कारोबार हुँदै आएको छ । स्क्रिलले बिटक्वाइन स्वीकार गर्दछ भने ई–सेवाले डलर र नेपाली रुपैयाँ स्वीकार गरी बिटक्वाइन खरिदको सुविधा दिने गरेको छ । केही बैंकले पनि बिटक्वाइनका कारोबारीको रकम आदानप्रदान गराइरहेको भेटिएको छ । तर, उनीहरूमाथि राष्ट्र बैंकको नजर परेको छैन । अवैध बिटक्वाइन कारोबारमा सघाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले ई–सेवाविरुद्ध अनुसन्धान अघि बढाएको जनाएपनि सरकारले भने कुनै कारबाही गर्ने आँट गरेको छैन । बिटक्वाइन कारोबारमा ई–सेवाको अप्रत्यक्ष रूपमा संलग्नता देखिएको सिआइबीले जनाएको थियो । बिटक्वाइन कारोबारमा ई–सेवालगायत सम्बन्धित सबै निकाय छानबिनकै क्रममा रहेको सिआइबीले बताएको बर्षौ वितिसक्दा समेत अहिले सम्म कुनै कारबाही हुन सकेको छैन ।

र यो पनि….

नेपालका २२ वाणिज्य बैंक र २६ वित्तीय संस्था असुरक्षित : न्युज साइट ह्याक गर्नेकै पहुँचमा बैंकिङ प्रणाली

इ–सेवाका नाममा यसरी मञ्चाएको छ लुट धन्दा : लाखौँ करछली, सरकार रमिते


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!