चेम्बरद्वारा ट्राफिक प्रहरी र टेकु हस्पिटललाई माक्स हस्तान्तरण

- April 3, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र उपाध्यक्ष दिपक मल्होत्राद्वारा महानगरीय ट्राफिक प्रहरी महाशाखा र टेकु अस्पतालमा आबश्यक स्वास्थ्य सामाग्री हस्तातरण गरेका छन् । अध्यक्ष श्रेष्ठले ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई २५ सय माक्स र ५ सय जोडी पन्जा हस्तान्तरण गरेको चेम्बरले जनाएको छ । यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष मल्होत्राद्धारा टेकु हस्पिटल (शुक््रmराज ट्र«पिकल तथा सरुवा रोग अस्पताल) का डाक्टर राजेश शाहलाई १ हजार माक्स हस्तान्तरण गरेको जनाइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!