बिनाेद चाैधरीलाई किन उन्मुक्ति सरकार ? विपत्तिमा समेत सरकार विरूद्व चाैधरी ग्रुप

- March 27, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 

चौधरीले आजको आवश्यकता पैसा नभई उपकरण रहेको भन्दै सवै बैंक र ब्यापारी समुदायलाई सरकारी कोषमा रकम जम्मा नगर्न खुल्ला दवाव दिदै आएका छन् । जवकी सरकारी कोषमा चौधरी सांसद रहेकै दल नेपाली कांग्रेसले ५० लाख जम्मा गर्ने निर्णय गरिसकेको छ भने कांग्रेसकै सांसद दिब्यमणि राजभण्डारीले सवैभन्दा पहिला सरकारी कोषमा ५ लाख ब्यक्तिगत रुपमा जम्मा गरिसक्नुभएको छ । चौधरीले भने सरकारको कोषमा पैसा जम्मा गर्ने होइन भन्दै अभियान चलाउनु भएको हो ।

सरकारले कोरोनाबिरुद्ध कोष खडा गरेपछि उद्योगी, ब्यवसायी र बैंकहरुले स्वतःस्फुर्त रुपमा रकम जम्मा गर्न लागेका थिए । यही क्रममा चौधरी समुहकै बशन्त चौधरीले १ करोड रकम सहयोगको घोषणा गर्नुभएको थियो । तर त्यसलगत्तै बिनोद चौधरीले मिडियामा अन्तरवार्ता दिँदै पैसा जम्मा नगर्न भन्नुभएको हो । कांग्रेस सांसद बिनोद चौधरीले भन्नुभएको छ, ‘आजको आवश्यकता भनेको पैसा होइन, यी उपकरणको आपूर्ति हो। संक्रमित बिरामी उपचारको ठूलो अभिभारा बोकेका स्वास्थ्यकर्मीको सुरक्षा हो।’

सरकारी कोषमा रकम जम्मा गर्न नहुने कारण देखाउँदै चौधरीले मिडियामा भन्नुभएको छ । चौधरीले केही दिनभित्र चौधरी फाउन्डेसन देशभरिका सबै संवेदनशील स्थानमा पिपिईलगायत अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने लक्ष्यसाथ अगाडि बढिरहेको घोषणासमेत गर्नुभएको छ । जवकी आफ्नै अस्पताल नर्भिकमा अहिलेसम्म कोरोना संक्रमितको उपचार गर्नुभएको छैन । कोरोनाका लागि आवश्यक सामग्री अन्य अस्पतालमा उपलब्ध गराउने भन्दै कर्लनुभएका चौधरीले आफ्नै अस्पताल नर्भिकमा किन दिनुभएन ? यो प्रश्नले नै चौधरीको बदमासीलाई छताछुल्ल पारेको छ ।

नेपाली कांग्रेसकै एक केन्द्रीय सदस्य सांसद चौधरीको यो अपराध क्षमा दिन योग्य नहरेको बताए । सरकारले देशर जनताको सुरक्षार्थ चालेको कदमलाई चौधरीले खुलेयाम असहयोग गर्दै बिरुद्धमा लाग्ने काम देशबिरुद्धको अपराध भएको ती नेताको भनाई छ । ‘सरकारी कोषमा रकम जम्मा नगर्न चौधरीले जुन भमिका खेले, यो संकटको बेला देश असफल होस भन्ने नियतका साथ गरिएको छ, अहिले सवैभन्दा ठुलो बदमासका रुपमा बिनोद चौधरी नै देखिएका छन,’ ती सांसदको भनाई छ । उनले चौधरीले कांग्रेसकै निर्णयबिरुद्धसमेत उभिएर आफू नेपालको हित चाहने ब्यक्ति नरहेको प्रमाणित गरेको दावी गरेकाे जनता टाईम्सले समाचार छापेकाे छ । कांग्रेसका ती नेताले भने । उनका अनुसार केही नेताहरुले चौधरीको यस बिषयमा सभापति शेरबहादुर देउवासँग उजुरीसमेत गरिसकेका छन ।

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!