संसदीय काेषकाे रकम ज्यालादारी गर्ने परिवारमा खर्च गर्न सासदकाे माग

- March 26, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जनकपुरधाम ।  संसदीय कोषको बजेटलाई दैनिक ज्यालादारी गर्ने परिवारलाई राहत दिनमा खर्च गर्न सुझाव दिएका छन् । प्रदेश २ का सांसद मनिष सुमनले आग्रह गरेका

छन् ।

देश लकडाउन भएका बेला दैनिक ज्यालादारी गर्नेलाई छाक टार्न समस्या भएको भन्दै उनले संसदीय कोषको बजेट त्यसमा खर्च गर्न सुझाव दिएका हुन् ।

सांसद समुनले कोरोनाको विपदको समयमा अहिलेसम्म अगाडि नबढेका योजनाको साटो बिरामी जाँच्ने, रोकथाम गर्ने र दैनिक ज्यालामा बाँच्ने परिवारको सहयोगमा खर्च गर्नुपर्ने बताएका हुन ।

प्रदेश २ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत सांसदले १ करोड़ र निर्वाचित सांसदले थप २ करोड़ सम्मको योजना समावेश गर्न मिल्ने कार्यविधि रहेकाे छ । साे रकम ज्यालादारी परिवारलाई खर्च गर्न माग गरिएकाे हाे ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!