नेपालमा कोरोना भाइरस (कोभिड–१९)को प्रभाव परिसकेकोले अब सरकार, निजी क्षेत्र र नेपाली जनताले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने र सचेतना अपनाउनुपर्ने प्रिन्सिपल विष्णु चन्द्र अधिकारीले खबर एजुकेशनलाई जानकारी दिएका छन । नेपालमा अहिले सम्म दुई जनालाई कोरोना भाईरस देखिएको छ भने एक जना ठिक भई सकेका छन् ।


विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसलाई नेपालमा नियन्त्रणको लागि सराकारले गरेको अनुरोध साथै आफ्नो संस्थाको सामाजिक उत्तर दायित्वलाई मनन गर्दै आफूहरुले पनि महामारी नियन्त्रण अभियानमा सहयोगको लागि बुढानिलकण्ठ नगरपालिकाका सम्पूर्ण जनसमुदायका लागि वडा नम्बर १० बालुवाखानीमा अबस्थित फेरि ल्यान्ड इन्टरनेसनल स्कुल आवश्यक परेको खण्डमा आफ्नो बिद्यालयको खुला स्थान साथै पुरै भवन क्वारेन्टाइनको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।