हेलम्बु गापमा प्रबेश गर्नेलाई कोरोना भाइरस चेकजाँच गरेरमात्र प्रबेशको व्यवस्था

- March 24, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

तालामाराङ (हेलम्बु) । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट सक्रमण नहोस भन्ने उदेश्यले स्थानीय तहमा समेत सतर्कता अपनाउन थालिएको छ । यसैक्रममा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउपालिकाले एक स्वास्थ्य टोली सहित मेलम्ची नगरपालिका र हेलम्बु गाउपलिकाको सिमाना तालामाराङमा स्वास्थ्य हेल्प डेक्स स्थापना गरेर हेलम्बु प्रबेश गर्ने सवैलाई स्वास्थ्य चेकजाँच गरेरमात्र प्रबेश गर्ने गराउन थालिएको छ ।

गाउँपालिकाको स्वास्थ्य टोलीले बाहिरबाट आउने जो कोहीलाई नियमित चेकजाँच गरिरहेकामाथी चेकजाँच गरिदै प्रबेश गराउदै आएको सो गाउपलिकाले जनाएको छ । स्वास्थ्य चेकजाँच गर्ने स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री उपलब्ध गराएर चेकजाँचलाई निरन्तरता दिइएको छ । चेकजाँचका क्रममा ज्वरो देखिएकालाई गाउँपालिकाले नै उचचार गरेर घर फर्काएउदै आएको छ । स्वास्थ्य समस्या देखिए जो कोहीलाई तत्काल गाउँपालिकाको एम्बुलेन्समार्फत निःशुल्क काठमाडौंस्थित टेकु अस्पताल पठाइने ब्यवस्थापन समेत गरेको गाउँपालिकका स्वास्थ्य संयोजक ज्ञानेन्द्र सिग्देलले बताएका छन् । संयोजक सिग्देलले सेल्फ क्वारेन्टाइनको परामर्श पनि दिइरहेको जानकारी दिए । गाउँपालिकाकाले क्वारेन्टाइनका लागि आइसोलेसन वार्डको समेत ब्यवस्था गरेको छ । गाउँपालिकाकै पहलमा स्थानियलाई औषधी उपलब्ध गराउँदै आएको बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!