फ्रान्सबाट कतार हुँदै फर्किएकी नेपाली विद्यार्थीमा कोरोना सक्रमण भएको पुष्टि

- March 23, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ण्फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक १९ वर्षीया विद्यार्थीमा कोरोना भाइरस सक्रमण भएको जानकारी मन्त्रायलले सोमवार आकस्मिक पत्रकार सम्मेलन गरी गरेको छ । केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई सक्रमण भएको पुष्टि भएको थियो । अहिले उनी पूर्ण स्वस्थ भइसकेको बताइएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अहिलेसम्म ६०० वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् । पीसीआर विधिबाट गरिएको परीक्षणमा तीमध्ये दुईवटामा कोरोनाभाइरस भएको पुष्टि भएको हो।
सक्रमित व्यक्ति को हो ?
नाम र ठेगाना गोप्य राखिएकी ती कोभिड १९ की बिरामीको शुक्रराज सरुवारोग नियन्त्रण अस्पताल टेकु, काठमाडौंमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पत्रकारहरूलाई बताएका छन् । युरोपमा महामारी फैलिएपछि उनी फ्रान्सबाट कतार हुँदै चैत्र पहिलो साता त्रिभुवन विमानस्थल हुँदै नेपाल फर्किएको बताइएको छ । डा. देवकोटाले चैत ४ गते नेपाल आएपछि उहाँ घरमा क्वारन्टीनमा लक्षणविहीन अवस्थामा घरमै हुनुहुन्थ्यो । हिजो परीक्षण गर्दा उहाँमा कोभिड १९ पोजिटिभ देखिएको र उहाँसँग सम्पर्कमा आएका सबैलाई क्वारन्टीनमा राखिएको बताए । उनको सम्पर्कमा आएका सबैलाई खोजेर क्वारन्टीनमा राख्ने प्रयास भइरहेको र उनीसँगै विमानमा आएका अन्य यात्रीको पहिचान गर्ने प्रयास भइरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन् ।
सरकार के भन्छ ?
स्वास्थ्यमन्त्री र अन्य अधिकारीहरूले अहिलेको संकटको घडीमा मानिसहरूलाई नआत्तिन र धैर्य राख्न अनुरोध गरेका छन् । उनीहरूले विदेशबाट नेपाल भित्रिएका सबै नेपालीलाई १४ दिनसम्म अलग्गै बस्न र कुनै शङ्का लागेका स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन् । मन्त्री ढकालले विदेशबाट आएका सबै व्यक्ति घरमै अलग्गै क्वान्टीनमा बस्नुहोला, हामीले धैर्य गुमाउनु हुँदैन, सबैको उपचारमा सरकारले ध्यान केन्द्रित गरिरहेकै बताए ।
सरकारको योजना के छ ?
कोभिड–१९ परीक्षण गर्न देशका सातै वटा प्रदेशमा प्रयोगशाला स्थापना गर्ने तयारीमा सघिय सरकार जुटिसकेको छ । अब सबै प्रदेशमा अनिवार्य यस्तो सुविधाको व्यवस्था गर्ने तयारी हामीले थालिसकेका छौँ। आवश्यक औषधि र उपकरण खरिद गर्न आवश्यक खर्च जुटाउन कोष स्थापना भइसकेको छ मन्त्रीले जनाएको छ । मन्त्री ढकालका अनुसार पर्याप्त औषधि तथा उपकरण नेपाल भित्राउनका लागि मित्रराष्ट्रहरूसँग कूटनीतिक वार्ता जारी रहेको बताएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!