ग्यासमा व्यापारीको कृत्रिम अभाब कायम नैः सरकार कालाबजारीकै पक्षपोषणमा (भिडियो सहित)

- March 23, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको मौका छोप्दै मुलुकभर व्यवसायीहरुद्वार अत्याबश्यक बस्तुको कृत्रिम अभाब सृजना गरेकाछन् । सरकारले कुनै पनि उपभोग्य बस्तुको अभाब नहुने भन्दै आएपनि सो अनुसार उपभोक्ताहरुले अनुभब भने गर्न पाएका छैनन् । देशभर कृत्रिम अभाब बनाएर एली ग्यासको अभाब सृजना गरेर कालाबजारी हुदै आएको छ । सरकारी कर्मचारी र केही व्यवसायीहरुको मिलिमतोमा अहिले देशभर अत्यबश्यक बस्तुको कृत्रिम अभाब सृजना गराएका छन् । कोरोना भाइरसको मौका छोप्दै अत्याबश्यकको सूचीमा रहेको ग्यासको कृत्रिम अभाब सृजना गरेर अस्वभाविक माग बढेपछि डिजल, पेट्रोलका साथै ग्यासको मागामा बृद्धि भएको छ । कोरोना भाइरसको संक्रमणको त्रासलाई देखाएर अबैध कार्य गर्दै आएका केही व्यवसायीहरुले उपभोक्तासंग लुटकै धन्दा चलाउदै आएका छन्.। सम्बेदनशिल बस्तुलाई भयाभह अबस्ता रहेको हल्ला फैलाएर कालाबजारीहरुको लुटधन्दामाथी सरकारले खासै ध्यान दिन सकेको छैन ।

सरकारको जिम्मेवार निकायबाट कृत्रिम अभाब सृजना गरी कालाबाजारी गर्ने व्यवसायीमाथी अहिलेसम्म कुनै अनुसन्धान नगरेका कारण ग्यासको अभाब अत्याधिक हुन पुगेको छ । सरकारले देशभित्र ग्यासको भण्डारण गर्ने स्थान नभएका कारण मागमा केही बृद्धि भएका कारण अभाब देखिएको भन्दै कालाबजारी व्यवसायीहरुको बचाउमा नेपाल आयल निगम लागेको पाईएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्य दिनको भन्दा अहिले ग्यासको माग बृद्धि भएको र सो माग पुरा गर्न सिलिण्डरमा ग्यास भरेर उपभोक्तासम्म पुग्दा यो समस्या आएको बताए ।

निगमका अनुसार भण्डारण क्षमता नभएको कारण देखाउदै केही समस्य परेको भन्दै आएपनि कहाँ कस्ले कुनकुन डिलर र सवडिलरबाट ग्यास बिक्री हुदै आएको छ भन्ने रेकर्ड समेत सरकारसंग छैन । कोरोनाको त्रास देखाउदै एकाएक सामानहरु लुकाएर कृत्रिम अभाब सृजना गर्नेमाथी सरकारले कारबाही गर्न नसक्दा उपभोक्ताभने चर्को मुल्यमा सामान खरिद गर्नु परेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट भने कालाबजारी गरी कृत्रिम अभाब सृजना गर्ने व्यवसायीमाथी अनुसन्धान र अनुगमन गरि कारबाही गर्न निर्देशन दिनुको सट्टा ग्यास चामलको चिन्ता नगर्नो त्यसको जिम्मा आप्mनो भएको बताउदै आएका छन् । उनले मुलुकको आपूर्ति व्यवस्थामा कुनै किसिमको समस्या नरहेको र नरहने बताएका छन् । मन्त्री भट्टले अति आवश्यक वस्तुको सबैखाले आपूर्ति व्यवस्था सहज रहेको र बजारमा पर्याप्त मौज्दात भएकाले अभावको मनोवैज्ञानिक त्रास नपाल्न आग्रह गरे । मन्त्री भट्टले आपूर्ति व्यवस्था ठीक छ कुनै पनि वस्तुको अभाव नहुने बताए । कालोबजारी र कृत्रिम अभाव रोक्न मन्त्रालयले विशेष टास्कफोर्स बनाउने बताएपनि सो अनुसार कुनै काम भने भएको छैन । हल्लैहल्लाका भरमा सर्वसाधारण खाना पकाउने एलपी ग्यासका सिलिण्डर लिएर लाइनमा बस्न पुगेका आरोप सरकारी पक्षले लगाएको छ । सरकारी पक्षले ग्यासको कुनै अभाब नभएको बताएपनि कालाबजारीका कारण पसलमा भएको ग्यास समेत लुकाएर कृत्रिम अभाब सृजना गरेको पाइएको छ । कोरोना भाईसरको हल्लासँगै बजारमा खाना पकाउने एलपी ग्यास अभाब भएपनि सो समस्या समधान गर्नेतर्फ सरकारले खाचै चासो भने देखाएको पाईएको छैन । पछिल्लो दिन यता बजारमा एलपी ग्यास नभएको भन्दै उपभोक्तालाई डिलरबाट ग्यास नआएको भन्दै फर्काएको उपभोक्ताहरुको गुनासो गर्दै आएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!