अल्पकालीन तथा दीर्घकालीन प्याकेजको व्यवस्था गर्न चेम्बरको माग

- March 22, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) को बिश्वव्यापी संक्रमणले नेपालको समग्र अर्थ व्यवस्थामा आइपरेको असरका बिषयमा नेपाल चेम्वर अफ कमर्सले अध्ययन गरिरहेको जनाएको छ । चेम्बरले यसबाट नेपालमा पर्न सक्ने प्रभावको विश्लेषण गरि अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त आर्थिक कार्यक्रम ल्याउन सूझाव सरकार समक्ष पेश गरेको छ ।  हालको परिस्थितिलाइ दृष्टिगत गरी तत्काल उद्यमी व्यवसायीले दाखिला गर्न पर्ने आयकर तथा मूल्यअभिवृद्धि कर हालको यस बिषम परिस्थितिलाइ मनन गरी हाललाई समस्याको समायवधि हेरी अल्पकालीन तथा दीर्घकालीन प्याकेजको व्यवस्था गर्नु पर्ने, सीमावर्ति भन्सारमा आएका तथा आउने माल वस्तुको डेमरेज, डिटेन्सन् चार्जमा पूर्णतः छुट हुनु पर्ने, भुक्तानी भएको कारोबारमा मात्र मूल्यअभिवृद्धि कर लिने व्यवस्था हुनु पर्ने, बैंकहरुले ऋणको भुक्तानीको अवधि रि सेडुयुलिङ्ग गर्ने व्यवस्था मिलाउनु पर्ने, वैंक तथा वित्तीय संस्थावाट लिइएको कर्जाको व्याजदरमा कम्तिमा ५ प्रतिशत सरकारी अनुदान, २ प्रतिशत वैंकबाट सहुलियतको व्यवस्था हुनु पर्ने चेम्बरले जनाएको छ । साथै कोरोना प्रभावित पर्यटन तथा होटेल व्यवसायीको लागि विशेष सुविधा सहितको प्याकेज ल्याउन समेत चेम्बरले विशेष आग्रह एवम् अनुरोध गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!