हेलम्बु गापको अधिकाशं खर्च दर्ता नभएको यूटुवमा : पत्रकारको नाममा अध्यक्षको अबैधधन्दा

- March 11, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

क्राइम व्यूरो
सिन्धुपाल्चोक (हेलम्बु) । लामो समयपछि स्थानीय बासिन्दाहहले निर्वाचन गरेर गाउको विकासकालागि जिम्मेवार दिएर पठाएका जनप्रतिनिधिहरुबाटै विकासकालागि आएको बजेट आफुखुशी खर्च गरी भ्रष्टाचार गरेको आरोप स्थानीय निकायमा लाग्दै आएको छ ।
यसैक्रममा देशभरको नमुना गाउपालिका बनाउने भन्दै जननिर्वाचित हेलम्बु गाउपलिकाका अध्यक्ष, सोही गापका केही कर्मचारीको मिलिमतोमा प्रचारप्रसार भन्दै दर्ता समेत नभएको युटुवमा लाखौ रुपैयाँ खर्च गरेको प्रमाण स्थलगत अनुगमनका क्रममा भेटिएको छ । सो गाउँपलिकाका अध्यक्ष निमाग्याल्जेन लामा, प्रमुख प्रशासकीय अधिकृत भीमराज कोईराला र लेखापाल चेतबहादुर कार्कीको विशेष योजनामा पछिल्लो समयमा पत्रकारका नाममा अबैधरुपमा रकम निकासा गरी खर्च गरेको भेटिएको छ ।

सो गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोईराला र लेखापाल कार्कीको योजनामा पूर्व म्यानपावर कम्पनी सञ्चालक अध्यक्ष लामालाई दिग्भ्रमीत बनाई ‘पत्रकार’ लाई खुशी बनाएपछि जतिनै अनियमिकता गरेपनि कसैले आवाज नउठाउने भन्दै दर्ता विनाका आफु निकट कथित युवटुव र केही केबुल टेलिभिजनमा ‘बृत्रचित्र’ बनाई प्रशारण गरेको आरोप अहिले सोही गाउपालिकाकै केही कर्मचारीले दुखेशो गरेका छन् ।

यसरी सो गाउपालिकाका अध्यक्ष, प्रशासकीय अधिकृत र लेखापालले कान्तिपुर, नयाँ पत्रिका, नागरिक, कारोबार, अन्नपूर्णपोष्ट, आर्थिक दैनिक र जिल्लाबाट प्रकाशन हुने केही पत्रिकाको नाममा अबैध रुपमा बजेट निकासा गरी अनियमिकता गरेको भेटिएको छ । सम्बन्धित निकायबाट विना अनुमति निर्माण गरेको हेलम्बु ग्रेटटेल नाम दिएको सिमेन्टेड् बाटोको समाचार प्रकाशन प्रशारण भएपछि सो समाचारको समेत रकम भुक्तानी गरेको पाईएको छ ।

विद्यमान पत्रकार आचार सहिंता अनुसार समाचारलाई विज्ञापन र विज्ञापनलाई समाचार बनाउन नपाउने व्यवस्था रहेको छ । तर हेलम्बु गाउपालिकाले समाचारलाई समेत विज्ञापनको रुपमा रकम भुक्तानी गरेको नक्कली प्रमाण तयार गरी लाखौ रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षको बजेटमामात्र २० लाख रुपैयाँ पत्रकार र पत्रिकाको लागि खर्च गरेको विवरण तयार गरेर लाखौ रुपैयाँ अनियमिकता गरेको गाउपलिकाकाल एक कर्मचारीले तीव्रखबरको टोलीसंग बताएका छन । सो सम्बन्धमा पटक/पटक गाउपालिकामा अधिकारीक रुपमा गत आर्थिक वर्षमा सञ्चारका नाममा विनियोजित रकमको पूर्ण विवरणको माग गर्दा समेत सो गाउपालिकाले हालसम्म उपलव्ध गराउन सकेको छैन । सो गाउपालिकामा के भ्रष्टाचार नै भएको हो त ? भनी जिज्ञासा राख्न अध्यक्ष निमाग्याल्जेन लामाको मोबाईलमा फोन गर्दा उनले तीब्रखबर डटकमको नम्बरलाई व्याल्कलिस्टमा राखेकाले सम्र्पक हुन सकेन । अध्यक्ष लामाको फोनमा फोन सम्र्पक नभएपछि प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई फोन सम्र्पक गर्दा सो बारे अध्यक्षलाई सोधेर जवाफ दिने भन्दै फोन लाईन काटे ।
मंगलबार फागुन २७ गते तीब्रखबर डटकममा आएको समाचारका विषयमा गाउपालिकाको कार्यालयमा अध्यक्ष लगाएत केही कर्मचारी जम्मा भई पत्रकारलाई खुशी बनाएर पनि अनियमिकताको बारेमा समाचार आउन नरोकिने रैछ, कति जनालाई खुशी बनाउने भन्दै समाचार प्रति अक्रोश अध्यक्ष लामाले पोखेका थिए । अध्यक्ष लामाले समाचारमा कुनै प्रमाण नभएको र झुटो भएको बताएपनि समाचार यो कारणले झुठो हो भन्ने प्रमाण भने दिने अाँट गर्न भने सकेका छैनन । हेलम्बु गाउपालिकामा सञ्चारको नाममा भएको खर्चको विवरण अहिले सम्म सार्वजनिक समेत नगरेपछि तीब्रखबर डटकमको क्राइम व्यूरोको विशेष प्रतिनिधि अहिले स्थलगत अबलोकनमा हेलम्बुमा रहेका छन् ।

र यो पनि….

हेलम्बु गाउपालिकाभित्र बढ्दो भ्रष्टाचार : अध्यक्ष मेयरलाई छुदैन खरिद ऐनले/विना टेण्डर करोडौ रुपैयाँको सामान खरिद


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!