हेलम्बु गाउपालिकाभित्र बढ्दो भ्रष्टाचार : अध्यक्ष मेयरलाई छुदैन खरिद ऐनले/विना टेण्डर करोडौ रुपैयाँको सामान खरिद

- March 9, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

क्राईम व्यूरोे…
काठमाडौं । देशमा बहुदलिय व्यवस्था आएसंगै अत्याधकिमात्रामा बृद्धि हुदै गएको भ्रष्टाचार र अनियमिकता नियन्त्रणभन्दा पनि झन बृद्धि हुदै गएको छ । नयाँ संविधान कार्यान्वयनको पहिलो खुड्किलो पार गर्न स्थानीय निकायको निर्वाचन पछि जिम्मेवार पाएका नगरपलिका र गाउपालिकाका मेयर अध्यक्षको व्यक्तीगत निर्णयबाट विना टेण्डर करोडौ रुपैयाँको सामाग्री खरिद गरी भ्रष्टाचारमा तीब्रता बनाउदै आएको पाईएको छ । २० औं वर्षदेखि निर्वाचन नहुँदा कर्मचारीतन्त्रबाट स्थानीय निकाय चलिरहेको अबस्थामा कर्मचारीले अनियमिकता र भ्रष्टाचार गरेको भन्दै विरोध गर्दै आएका स्गानीय नेता तथा कार्यकर्ता अहिले विद्यमान ऐनलाई समेत बेवास्था गर्दै अनाबश्यक योजना तयारी गरी करोडौ रुपैयाँ अनियमिकता गरेको उजुरी सहित प्रमाणहरु तीब्रखबर डटकमलाई प्राप्त भएको छ ।

सो उजुरीका आधारमा अहिलेसम्म आफुलाई उत्कृष्ट गाउपलिकाको हुँकार गर्दै आएको हेलम्बु गाउपालिका सिन्धुपाल्चोक अग्रस्थानमा रहेको छ । सो गाउपालिकाका अध्यक्ष निमाग्याल्जेन लामा, प्रमुख प्रशासकीय अधिकृत भीमराज कोईराला र लेखा शाखाका लेखापाल चेतबहादुर कार्कीको मिलिमतोमा करोडौ रुपैयाँ अनियमिकता गरेको प्रमाण प्राप्त भएको छ । प्राप्त भिडियोका अनसार बडा कार्यालयलाई समेत निस्कृय बनाएर सवै रकम र बजेट समेत सिधै गाँउ पालिकाका अध्यक्ष लामा, प्रशासकीय अधिकृत कोइराला र लेखापाल कार्कीको गैरकानुनी निर्णयबाट मात्र उनीहरुले दिएको विषयमात्र बजेट विनियोजन गर्नु पर्ने बाध्यता रहेको दुखेशो पोखेका छन् । थप विवरण र भिडियो र प्रमाणहरुका सम्बन्धमा सम्बन्धित निकायमा जाँचकालागि पठाईएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!