‘पूर्व देखि पश्चिमसम्म’ सार्वजनिक

- March 6, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको गीत ‘पूर्व देखि पश्चिमसम्म…’ को भिडियो सार्वजनिक भएको छ । हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको संगीत र कृष्ण रसालको निर्देशन रहेको गीत ड्रिम्स गेट ईन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
रोमान्टिक डान्सिङ फ्लेवरको गीतको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । गीतको भिडियोमा रेशम फिरिरि, सृष्टि खड्का, करण बराल, सुभाष गजुरेल, ज्ञानेन्द्र खड्का, आरजे सापकोटा आदि फिचर्ड छन् । अघिल्ला भिडियोहरु झै यो भिडियोमा पनि आफुहरुले निकै मेहनत गरेर ल्याएको र दर्शकहरुले पनि पहिलेका गीत जस्तै ‘पूर्व देखि पश्चिमसम्म..’लाई मन पराईदिनेमा आफु र आफ्नो टिम ढुक्क रहेको निर्देशक कृष्णले बताए ।

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!