सितोरियो करातेको टेक्निकल सेमिनार शुरु

- March 5, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पोखरा । नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुरुप टेक्निकल सेमिनार तथा सिनियर ग्रेडिंग ( पेटी परिक्षा ) मंगलवार देखि गण्डकी प्रदेशको राजधानी पोखरामा शुरु भएको छ । उक्त टेक्निकल सेमिनारको उदघाटन गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन ज्युले एक विशेष कार्यक्रम बिच उदघाटन गर्नुभयो । उक्त उदघाटन समारोहमा प्रतिनिधि सभा सदस्य नवराज सिलवाल,जापानबाट अाउनु भएका विश्व सितोरियो कराते महासंघका अध्यक्ष हान्सी गेन्जो ईवाता,नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरीका उच्च अधिकारीहरु,नेपाल सितोरियो कराते संघका महा-सचिव देब कुमार लामा, उपाध्यक्ष मजिन्द्र सिंह, गौतम बुद्ध अन्तराष्ट्रिय कराते प्रतियोगिताका संयोजक राजिब कुमार थापा,नेपाल कराते महासंघका पदाधिकारीहरु, नेपाल सितोरियो कराते संघका पदाधिकारीहरु,सितोरियो करातेका प्रदेश तथा जिल्ला प्रमुखहरु,राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्णायकहरु,बरिष्ठ प्रशिक्षकहरु,कास्की जिल्लाका खेल अधिकारीहरु,विभिन्न राष्ट्रिय संघका पदाधिकारीहरु,बिभिन्न मिडियाका पत्रकारहरु,विभिन्न सुरक्षाकर्मीहरु लगायत बिशिष्ठ श्रेणीका महानुभावहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले बिश्वलाई जोड्ने माध्यम र अनुशासनको उच्च निकाय खेलकुद क्षेत्र भएकोले यस क्षेत्रलाई राजनिति भन्दा अलग राख्नु पर्ने बताउनुभयो । सम्बोधनकै क्रममा कार्यक्रमका विशेष अतिथि प्रतिनिधि सभा सदस्य नवराज सिलवालले खेलकुद क्षेत्र कुनै भाषा, धर्म,जात,लिंग र क्षेत्र संग सम्बन्ध नरहेको र बिशुद्ध मुलुकको साख:,मान-सम्मान र ईज्जतका निम्ति अहोरात्र लागिपर्ने भएको यस क्षेत्रलाई राज्यले बिशेष प्राथमिकतामा राख्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । सम्बोधन कै क्रममा विशेष अतिथि समेत रहनु भएका विश्व सितोरियो कराते महासंघका अध्यक्ष हान्सी गेन्जो ईवाताले यस टेक्निकल सेमिनारमा अाफुलाई निमन्त्रणा गरेकोमा नेपाल सितोरियो कराते संघप्रति हार्दिक धन्यवाद तथा अाभार ब्यक्त गर्नुभयो ।
मन्तब्य कै क्रममा हान्सी गेन्जो ईवाताले टेक्निकल सेमिनारमा सितोरियो करातेका सहभागी कराते कर्मीको बाक्लो उपस्थितिले आफु एकदम खुशी र हर्षित भएको बताउनुभयो । सोही क्रममा कार्यक्रमका सभापति एबम् राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गले सितोरियो करातेकर्मीका निम्ती, यो टेक्निकल सेमिनारले अागामी दिनमा विशेष अर्थ राख्ने बताउनुभयो । साथै टेक्निकल सहभागी भएका सम्पुर्ण करातेकर्मीहरुलाई हार्दिक धन्यबाद तथा अग्रिम बधाई ज्ञापन गर्नुभयो ।
नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता एवम् नेपाल स्वयम-सेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष एबम् गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’ द्धारा संचालित उक्त कार्यक्रममा प्रथम गौतम बुद्ध अन्तराष्ट्रिय कराते प्रतियोगिताका संयोजक राजिब कुमार थापाले उपस्थित सम्पुर्ण महानुभावहरुलाई स्वागत मन्तब्य मार्फत स्वागत गर्नुभयो । करिव ५०० जना सहभागी रहेको उक्त टेक्निकल सेमिनारलाई जापानबाट अाउनु भएका विश्व सितोरियो कराते महासंघका अध्यक्ष हान्सी गेन्जो ईवाताले प्रशिक्षण गराउनुहुनेछ भने सेमिनार फागुनमा सम्पन्न हुनेछ ।

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!