अकुत सम्पत्ति थुपार्ने चौधरी, श्रेष्ठ, तामाङ, अर्याल, सुमार्गीमाथी अनुसन्धान …(भिडियो सहित)

- February 29, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । अकुत सम्पत्ति आर्जन गर्नेमाथी छानविन गरी कारबाहीकालागि सिफारीस गर्न अधिकार सरकारले सम्पत्ति शुद्धिकरण विभागलाई दिएको छ । तर सो विभागले अहिलेसम्म सम्पत्तिको छानविनमात्र हुदै आएको छ तर कारबाही भने खासै कसैलाई गर्न सकेको छैन । कारबाही गर्न नसक्दा नै सो विभाग नै विवादित बन्दै आएको छ । सम्पत्ति शुद्धिकराण अनुसन्धान विभागले उच्च पदस्थ व्यक्तीदेखि सामान्य व्यक्तीको अकुत सम्पत्ति छानविन गर्दै आएको लामो समय विति सक्यो । तर सो विभागले खासै काम भने गर्न सकेको छैन । गुमनाम हुदै गएको सो विभाग पछिल्लो समयमा फेरी चर्चामा आएको छ । कारण उच्च पदस्थ कर्मचारीदेखि ठूला घरानीया कम्पनीका प्रमुखहरुको सम्पत्ति छानविन गर्ने भनेसंगै चर्चामा आएको हो । विभागले खुमा अर्याल, उमेश श्रेष्ठ, बिनोद चौधरी, अजय सुमार्गी, राजेन्द्र क्षेत्री, इच्छाराज तामाङ, हरिशचन्द्र न्यौपानेलगायतको सम्पत्तिको छानविन गर्ने भनेसंगै चर्चामा आएको हो । बैंकर तथा घरजग्गा व्यवसायी तामाङमाथि विभागले छानविन सुरु गरेको जनाएको छ । १ अर्ब २ करोड रुपैयाँभन्दा बढीको स्रोत नखुलेपछि छानविन सुरु गरेको विभागले जनाएको छ । तामाङसंगै उनका व्यवसायिक साझेदार केशवलाल श्रेष्ठले सिभिल बैंकको चेकबाट सिभिल होटलमार्फत सिभिल अर्पाटमेन्टलाई पटक पटक गरी १ अर्ब २ करोड रुपैयाँ स्रोत नखुलेको र सीमा भन्दा बढी भुक्तानी गरेको पाइएपछि विभागले अनुसन्धान थालेको जनाएको छ ।

 

विश्वको धनीको सूचीमा नाम लेखाएका भारतको राजस्थानबाट नेपाल छिरेका चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीको समेत स्रोत नखुलेको सम्पत्तिको छानविन विभागले गर्ने भएको छ । विनोद चौधरीसंग अहिले १ अर्ब ७० करोड डलर अर्थात १ खर्ब ९० अर्ब रूपैयाँ हाराहारीको सम्पत्ति रहेको छ । सो सम्पत्ति चौधरीले कसरी कमाए र देशलाई कति कर बुझाए भन्ने बारे पनि अहिले विवाद उत्पन्न भएको छ । नेपाली काँग्रेसको तर्फबाट संघिय सभाका सासद समेत रहेका चौधरीले विश्वको धनीमा सुचीहुन देखाउनु पर्ने सम्पत्तिको स्रोत भने अहिले सम्म सार्वजनिक गर्न सकेको छैन । विनोदले टेलिकममा गर्ने लगानी, नेपाल अरब (नबिल) बैंकको विदेशी लगानीकर्ताको सबै सेयर खरिद गर्ने सम्पत्तिको स्रोत समेत खुलेको छैन । खुमा अर्यालले गण्डकी मेडिकल कलेजका विद्यार्थीबाट अबैधरुपमा बढी शुल्क लिई अकुत सम्पत्ति जम्मा गरेको उजुरीसंगै उनीपनि विदादमा परेका व्यक्ती हुन । जिल्ला प्रहरी कार्यालय कास्कीमा मेडिकल कलेज अध्यक्ष खुमासहित ११ जनाविरुद्ध ठगीको उजुरी दिएका थिए । अहिलेसम्म गण्डकी मेडिकल कलेजले एमबीबीएसका विद्यार्थीबाट ५३ करोडभन्दा बढी रुपैयाँ शुल्क उठाएर सम्पत्ति जम्मा गरेको आरोप लागेको छ । खुमाले पोखरामै भारतीय नागरिकले लगानी गरेको मणिपाल मेडिकल कलेजमा समेतबाट विदेशी विद्यार्थीबाट १ करोड र नेपाली विद्यार्थीबाट ९० लाख रुपैयाँसम्म असुली गरेको अरोप लागेको छ ।

खुमाले अर्बौं सम्पत्ति जम्मा गरेको भन्दै उनीमाथी पनि विभागले अनुसन्धान सुरु गर्ने भएको छ । विभागले अर्का व्यापारी अजयराज पराजुली (सुमार्गी) को पनि सम्पत्ति छानविन गर्ने भएको छ । आन्तरिक राजश्व कार्यालय बानेश्वरबाट काटिएको पत्रको आधारमा सुमार्गीको स्वामित्व रहेको सबै कम्पनिको खाता रोक्का गरि अनुसन्धान गरेको लामो समय वितिसक्दा समेत राजश्व कार्यलयले कुनै निचोड निकाल्न सकेको छैन । अहिले उनै सुमार्गिको अकुत सम्पत्तिमाथी विभागले छानविन गर्ने जनाएको छ । चार अर्ब ३२ करोड रुपैयाँभन्दा बढी कर नबुझाएपछि उनीमाथी सरकारले छानविन गरेको थियो । चितवन मेडिकल कलेजका अध्यक्ष समेत रहेका डा हरिशचन्द्र न्यौपानेको पनि स्रोत नखुलेको अकुत सम्पत्तिमाथी अनुसन्धान गर्ने भएको छ । नेपाली सेनाका पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्रीको सम्पत्तिमाथी पनि विभागले छानविन गर्ने भएको छ । क्षेत्रीले गत भदौ ३१ गते नेपाली सेनाको दोहन गरी क्षेत्रीले करोडौंको अकुत सम्पत्ति आर्जन गरेको भन्दै सो सम्पत्तिको छानविन विभागले गर्ने भएको हो । उनले चितवनको जगतपुरमा ३८ करोड मूल्यको ३ बिघा जग्गा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ११ मा घरसहित २५ करोडको जग्गा, काठमाडौंको सामखुसीमा २० करोडको, विशालनगरमा १८ करोडको, हात्तिसारमा १३ करोडको, ललितपुरको धोबिघाटमा २० करोडको र ललितपुरकै तिखिदेवलमा ५ करोडको घरसहितको जग्गाको स्रोत क्षेत्रीले दिन सकेका छैनन् । यसैगरी शिक्षाको नाममा आफुखुशी शुल्क निर्धारण गरेर अकुत सम्पत्ति कमाएको अरोप लागेका अर्का व्यक्ति हुन उमेश श्रेष्ठ । श्रेष्ठले समेत विभिन्न नाममा अकुत सम्पत्ति आर्जन गरेको तर सो सम्पत्तिको स्रोत देखाउन नसकेको भन्दै उनीमाथी पनि छानविन गर्ने विभागको जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!