महानगरको जिन्सी शाखा बन्यो कमिशनको अखडा

- February 28, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-पवित्र शर्मा

काठमाडौं । काठमाडौं महानगरपालिकाको जिन्सी शाखा यतिबेला अवैध कमिशनको अखडा बनेको बताइएको छ । सो शाखाका जिन्सी शाखाका नायव शुब्बा कम्प्यूटर अपरेटर सौरभ गौतमका कारण बदनाम बनेको बताइन्छ ।

सौरभ गौतमले उनको कम्प्युटरमा विभिन्न सप्लायर्सहरुबाट प्राप्त कोटेशन वा सामानको विवरण उल्लेख गर्न समेत पैसा माग्ने उनको बानीले यतिबेला उनको हर्कतमात्र छताछुल्ल भएको छैन्, उनलाई मालदार ठाउँमा लेराउन उनको पुर्वेली भेना अर्थात महानगरपालिकाका अधिकृत तथा जिन्सी शाखा प्रमुख सुदर्शन भट्टराईको मेहनतलाई समेत उनले पानी फ्याकेसंगै यतिबेला महानगरपालिकाको जिन्सी शाखा कमिशनको खेलमा गनाउने थलोको रुपमा परिचित बनेको महानगरका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा तीव्रखबरका प्रतिनिधिलाई बताएका छन् ।

काठमाडौं महानगरका मेयरलाई आफ्नो हातमा लिन सफल भएका जिन्सी शाखाका प्रमुख भट्टराईले आफ्नो सालाले कमाओस् भन्ने सोच राख्नु गलत होइन तथापि महानगरपालिकाको कम्प्युटर अपरेटर गौतमले आफ्नो तलव भुल्दै कम्प्युटरमा विवरण भर्नमात्र पनि पैसा माग्ने र कमिशन अशुल्न विभिन्न सप्लायर्सको अफिससम्म समेत पुग्नुले उनको कम्प्युटर शप राम्रैसंग फस्टाएको चर्चा यतिबेला महानगरपालिकाका कर्मचारीहरु बिच चल्दै आएको बताइएको छ ।

कामपा जिन्सी शाखाका प्रमुख भट्टराईले आफ्नो साला प्रयोग गर्दै विभिन्न सामानको सप्लाई गर्ने सप्लायर्सहरुसंग १० देखि २० प्रतिशत कमिशन अशुल्ने धन्दा गर्नुलेपनि साला भेनाको हर्कत यतिबेला छताछुल्ल भएको हो, सो शाखा यतिबेला मालदार ठाउँको रुपमा चित्रित मात्र भएको छैन् साला भेनाको अशुली धन्दाले गन्हाउने थलोको रुपमा समेत चित्रित भएको बताइएको छ ।

आफ्नो मुनाफा हुने तथा आफु अनुकुलका सप्लायर्सहरुसंग सामान खरिद गर्न तल्लिन सो शाखाले पुराना तथा अनुभवी सप्लायर्सहरुलाई पाखा लागाई सुदर्शन बन्जराको जि।एन। सप्लायर्ससंग सस्तो सामानलाई महंगोमा मगाउनुसंगै साला भेनाको हर्कत खुलासा भएको हो । उक्त सप्लायर्सका नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले भने – जिन्सी शाखाले १० प्रतिशत कमिशन नदिई कुनैपनि कोटेशन पास गर्दैनन्, उनीहरुबाट टिप्पणी उठाउन पनि पैसा खुवाउनु पर्छ अनि लेखालाई फेरी छुट्टै कमिशन दिनुपर्छ यसरी महानगरमा लुट मच्चिएको छ।

जिन्सी शाखाका भट्टराई र गौतममाथी लागेको आरोपको विषयमा जिन्सी शाखा प्रमुख भट्टराईलाई फोनमा जिज्ञासा लिँदा यो सबै आरोप रहेको बताए । उनले भने ( यो सबै काल्पनिक कुरा हुन्, यसमा केही सत्यता छैन् । थप समाचार तीव्रखबरले खोजी जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!