छैटौं राष्ट्रिय ब्ल्याक-बेल्ट मास्टर्स मिट तथा राष्ट्रिय भेला सम्पन्न

- February 24, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 

हेटौडा । नेपाल सितोरियो कराते डो संघको बार्षिक कार्यक्रम अनुशार अायोजित छैटौं राष्ट्रिय ब्ल्याक-बेल्ट मास्टर्स मिट तथा राष्ट्रिय भेला बागमती प्रदेशको राजधानी हेटौडामा सम्पन्न भएको छ । मुलुक भरिका सातै प्रदेश,७७ वटै जिल्लाका सितोरियो करातेका प्रदेश प्रमुख,जिल्ला अध्यक्ष लगायत सम्पुर्ण सिनियर गुरुहरुको सहभागिता रहेको उक्त मास्टर्स मिटको उदघाट्न वागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले एक विशेष कार्यक्रम बिच उदघाटन गर्नुभयो ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री फुयाँल ले खेलकुद क्षेत्रलाई अाफुले विगत देखि नै विशेष प्रथमिकतामा राखेको स्मरण गर्दै अागामी अार्थिक बर्ष २०७७/ ७८ मा खेलकुदलाई विशेष बजेट विनियोजन गर्न गईरहेको र बागमती प्रदेशलाई खेलकुदको नमुना प्रदेशको रुपमा बिकाश गर्ने योजना समेत रहेको बताउनुभयो । सम्बोधन कै क्रममा प्रमुख अतिथि फुयाँलले खेलकुद क्षेत्र एक सम्मानित क्षेत्र रहेकोले यस क्षेत्रलाई कसैलेपनि राजनितिमा रुपान्तरण गर्न नहुने समेत आफ्नो धारणा रहेको बताउनुभयो ।

मन्तव्य कै क्रममा कार्यक्रमका विशेष अतिथि रहेका ३ नं प्रदेश खेलकुदका सदस्य-सचिव सुर्य भण्डारीले खेलकुदमा अाफ्नो विशेष रुचि रहेको बताउँदै यस प्रदेश अन्तर्गत रहेका खेलहरुलाई व्यवस्थित,मर्यादित र विकसित गर्न अाफुले जस्तोसुकै कदम चाल्न र सहयोग गर्न तयार रहेको बताउनु भयो । सम्बोधन कै क्रममा कार्यक्रमका सभापति राष्ट्रिय खेलकुद परिषदका सदस्य नेपाल सितोरियो कराते डो संघका अध्यक्ष दावा गुरुङ्गले विगत लामो समय देखि केही समुह करातेलाई मागि खाने भाँडोको रुपमा प्रयोग गर्दै अाएका केही खराव मानसिक्ता भएका व्यक्तीहरुले कराते खेललाई तहस-नहस पार्न अहिले सकृय रुपमा लागिपरिरहेका तर ती कार्यले अाफुहरु कहिल्यै पनि बिचलित नहुने र त्यस्ता ब्यक्तिहरु संग सजक र सतर्क रहन सम्पुर्ण गुरुहरुलाई निर्देशन दिनुभयो ।

सम्बोधन कै क्रममा नेपाल सितोरियो कराते संघका महा-सचिव एबम् कार्यक्रम संयोजक देब कुमार लामाले केही करातेका भ्रष्टचारी मानसिकता बोकेका र राज्यले अख्तियारी गरिसकेका ब्यक्तीहरु अहिले सितोरियो कराते समाप्त पार्न लागिरहेको साथै केही ब्यक्तीको अाडमा सलवलाई रहेको अाफुलाई गोप्य सुचना प्राप्त भएको हुँदा त्यस्ता ब्यक्तीहरुलाई पहिचान गरि कानुनी कठघरामा उभ्याउन सबैलाई सहयोग गर्न अपिल गर्दै त्यस्ता भ्रष्टहरुलाई सितोरियो करातेका गुरहरुले भबिष्यमा राम्रो सपथ सिकाउने बिश्वास ब्यक्त गर्नुभयो । नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गीद्धारा सन्चालित उक्त कार्यक्रममा नेपाल सितोरियो कराते संघका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ, अन्तराष्ट्रिय निर्णायक प्रकाश मोहन धौवडेल, नेपाल खेलाडि तथा प्रशिक्षक संघका अध्यक्ष महेश नेवा लगायतले अाफ्नो धारणा ब्यक्त गरेका थिए । उक्त कार्यक्रम सितोरियो कराते सम्बन्धि बिगत र बर्तमानमा भएका कार्यक्रमहरुको समीक्षा र भबिष्यमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा छलफलका साथै परिवर्तित नयाँ नियम बारे प्रशिक्षण समेत गरेका थिए ।

उक्त भेलामा सहभागि भएका सम्पूर्ण गुरुहरुलाई कराते सम्बन्धि परिवर्तित नयाँ नियम बारे नेपाल सितोरियो कराते संघका उपाध्यक्ष एवम् प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ, रेफ्री संयोजक राजेन्द्र कपाली, एकेएफ रेफ्री प्रकाश मोहन धौबडेल , सहायक प्रमुख प्रशिक्षक दोर्जे लामा लगायतले प्रशिक्षण गराउनुभयो । साथै सितोरियो करातेलाई विगत देखि बर्तमानसम्म सहयोग र योगदान पुर्याउनु हुने ५० जना महानुभावहरुलाई सम्मान-पत्र प्रदान गरि विशेष सम्मान गर्यो । उक्त राष्ट्रिय भेलालाई ब्यबस्थित,मर्यादित एबम अनुशासित का साथ‌ै सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि मुल अायोजक कमिटि र विभिन्न उप कमिटि समेत गठन गरेको थियो । मुल अायोजक कमिटीको संयोजकमा नेपाल सितोरियो कराते संघका महासचिव देव कुमार लामा,समारोह ब्यबस्थापन कमिटिको संयोजकमा नेपाल सितोरियो कराते संघका उपाध्यक्ष मजिन्द्र सिंह, प्रशिक्षक प्रशिक्षण संयोजकमा नेपाल सितोरियो करातेका उपाधयक्ष एबम प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ, अनुशासन तथा समन्वयन एबम सहजिकरण संयोजकमा ब्ल्याक-बेल्ट प्रशिक्षक कमिटिका अध्यक्ष नारायण देव राणा र प्रचार-प्रसार कमिटिको संयोजकमा नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी , स्वयम् सेवक परिचालन समितिको संयोजकमा नेपाल सितोरियो कराते संघका सदस्य राम कुमार थारु र स्थानिय अायोजक कमिटिको संयोजकमा निरज बैधलाई चयन गरेको थियो ।

एक दिवशिय कार्यक्रममा मुलुक भरिका एक हजार एकसय गुरुहरु सहभागी भएको उक्त मास्टर्स-मिट तथा राष्ट्रिय भेलाले अाफ्नो अागामी कार्यक्रम समेत सार्वजनिक गर्यो । जस अनुशार यही फागुन २० देखि २२ गते सम्म पोखरामा विश्व सितोरियो कराते महासंघका अध्यक्ष तथा ग्र्याण्ड मास्टर सिहान ईवाता को विशेष उपस्थितिमा प्रथम डान देखि छैठौं डान सम्मको ग्रेडिङ्ग , चैत्र मशान्त भित्रमा संघको साधारण सभा तथा निर्वाचन र २०७७ साल बैशाख महिनाको पहिलो साता राष्ट्रिय कराते प्रतियोगिताको अायोजना गर्न समेत सा र्वजनिक गर्दै सर्व सम्मत बाट निर्णय गरेको थियो ।

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!