बूढानीलकण्ठको जगन्नाथ मन्दिरमा ३६५ दिन हवन र भोजन खुवाईने

- February 22, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । धार्मिक तथा ऐतिहासिक महत्व एवं प्रचुर मात्रामा पर्यटनको सम्भावना बोकेको प्रसिद्ध जगन्नाथ मन्दिर परिसरमा बूढानीलकण्ठ नगरपालिका–८ हात्तिगौडामा ३६५ दिनसम्म हबन र निशुल्क भोजन खुवाउने कार्यक्रम सूरु गरिएको छ । सो नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी जग्गालाई प्रयोग ल्याई विकासका पूर्वाधारहरु थप्दै लैजाने कार्यक्रम अनुसार जगन्नाथ मन्दिरमा पछिल्लो समय विभिन्न पूर्वाधारहरु निर्माण गरिदै गएको छ ।

शनिबार सो स्थलमा श्री १००८ जगदगुरु हिमालय बाबाजी (यतिराज उपाध्याय) लाई प्रमुख संरक्षकको रुपमा नियुक्त समेत गरिएको छ । महन्त–पीठाधीतपति एंव जगन्नाथ मन्दीरका प्रमुख संरक्षक जगदगुरु हिमालय बाबाले हामी यस धर्तिका पाहुना हुन अस्थायी घर हो त्यसैले यहाँ रहुनजेल सम्म धर्मकर्मकै माध्यमबाट दिनदुखीलाई सहयोग गर्नु हाम्रो कतव्र्य रहेको बताए । जगन्नाथ मन्दीरको जिर्णद्वार गरी प्राणस्थापना गर्नकालागि शनिबार विशेष पुजा र हवन समेत गरिएको छ । सो कार्याक्रममा समाजसेवी श्याम पाण्डेले धार्मिक पर्यटकका रुपमा यस क्षेत्रलाई चिनाउनु पर्नेमा जोड दिए । उनले सो क्षेत्रको विकास गरी देशको पर्यटकिय क्षेत्रको विकासमा केही हदसम्म सहयोग पुग्ने समेत बताए ।

सो नगरपालिकाका प्रमुख उद्ववप्रसाद खरेलले सरकारी जग्गालाई नियन्त्रणमा लिई यस क्षेत्रमा आकर्षक पार्क निर्माण गरि रहेको बताए । उनले जगन्नाथ मन्दीरलाई २३ रोपनी जग्गा उपलव्ध गराएको र सो मन्दीरकै छेउमा रहेको १०० रोपनी जग्गामा धार्मिक अध्ययन गर्न मिल्ने खालको पार्क निमार्ण गर्ने समेत बताए । मन्दिर परिसरमा महिला पुरुषको छुट्टाछुट्टै कोठासहितको शौचालय निर्माण गर्नुका साथै मन्दिर जानका लागि प्रवेशद्वार, सुरक्षा गर्न मन्दिर वरिपरी घेराबार तथा हराभरा बनाउन विविध प्रकारका विरुवाहरु रोपेर वृक्षारोपण गरिएको जगन्नाथ मन्दिर क्षेत्र संरक्षण समितिका अध्यक्ष रविन अधिकारीले बताए । मन्दिर दर्शन र पुजाअर्चना गर्न आउने श्रद्धालु भक्तजनहरुको सेवा सुविधाका लागि आवश्यक भौतिक संरचना निर्माणको कार्यलाई जोड दिइएको उनले जानकारी दिएका छन् । धार्मिक मठमन्दिरको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित जगन्नाथ मन्दिरसहित पर्यटन कार्यक्रम लागू गरिएको अध्यक्ष अधिकारीले बताए । जगन्नाथ मन्दिर दर्शन गर्न पुग्ने भक्तजन तथा पर्यटकहरुलाई लक्षित गरेर भौतिक संरचना निर्माणमा जोड दिइएको छ । नेपालमा बाईसे–चौबीसे राज्यका पालामा गाजने गाउँमा १४औं शताब्दीताका तत्कालीन राजा दिलिपबम मल्ल (डिम्ब)ले भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर जगन्नाथ मन्दिरको स्थापना गरेको किम्बदन्ती रहेको छ । मन्दिर स्थापनासँगै राजा मल्ल सोही ठाउँमा अलप भएको हुँदा उनको समाधीस्थल समेत सोही ठाउँमा रहेको स्थानीय बताउँछन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!