जनताको पक्षमा बोल्ने हामी मात्र भएका छौ : खड्का

- February 18, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सविनकुमार खड्का, क्षेत्रीय अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी, ललितपुर क्षेत्र नं. ३

मुलुको वर्तमान अवस्थालाई कसरी लिनु भएको छ ?
मुलुकको अवस्था चिन्ताजनक छ । राष्ट्रवादीहरूले शिर नहिराएर हिन्दु पर्ने अवस्था छ । जनता राष्ट्र राष्ट्रियता र हिन्दुत्वको पक्षमा छन् । तर त्यो कुरा लुकाउनु परेको छ, लुकेको छ । अब हामी छाती फुकाएर हिड्ने अवस्था निम्त्याउदै छौ । देशमा व्यापक रुपमा भ्रष्टाचार, अनियमितता तथा कुरिती छ । सत्ताको आडमा यस्ता कुरा लुकेको छ । सही पार्टी भएर भ्रष्टाचार, अनियमिता, महँगीको पक्षमा बोल्ने हामी मात्र भएका छौं । देश र जनताको पक्षमा सहि रुपमा बोल्ने हामी मात्र देखिएका छौं । तर डराउनु पर्दैन, एक न एक दिन, हाम्रो पक्षमा जनता उभिने छन् । जनताकै बलमा हामी देशबाट भ्रष्टाचार अनिमितताको निर्मुल गर्ने छौं । देशको अवस्था यतिबेला दुःखद छ । हाम्रो जनतालाई सुख दिने पार्टी हो । त्यसैले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथ दिन आव्हान गर्दछु ।

राप्रपाहरू फुटेका कारण कमजोर भएको त होइन ?
यो कुरा के सत्य हो भने हामी फुटेकै कारण कमजोर भएका छौं । फुटेकै कारण निर्वाचनमा पनि हाम्रो कम मत आएको हो । यदि हामी नफुटेको भएगत निर्वाचनमै राष्ट्रिय पार्टी हुन्थ्यौ । अब पनि समय बितेको छैन । अर्को निर्वाचनसम्म हामी धेरै बलियो बन्ने छौं । हामी तल्लो तहका नेता पनि राप्रपाहरू अभिलम्व मिल्न सल्लाह दिन्छौं । राप्रपा बलियो भए हिन्दु धर्म र संवैधानिक राजतन्त्र मान्ने शक्ति बलियो बन्ने छन् । यदि राप्रपाहरू मिलेनन् भने अझ कमजोर हुँदै जाने आम कार्यकर्ताको भनाई सत्य हो ।

 कसका कारण राप्रपाहरू नमिलेको हो त ?
राप्रपाका अध्यक्ष कमल थापा पार्टी एकताका लागि उदार हुनु हुन्छ । राप्रपाले पार्टी एकताको लागि बारम्बार आव्हान गरिसकेको छ । यसरी हेर्दा राप्रपा एकता सहर्ष तयार छ । अब राप्रपा (संयुक्त)का अध्यक्षद्धय पशुपती समशेर राणा र डा. प्रकाश चन्द्र लोहनी गम्भीर हुनु जसरी छ । जति चाडो पार्टी एकता हुन्छ, त्यति त्यति चाडै हामी बलियो हुन्छौ । यो विषयलाई पार्टी नेताहरूले गम्भीर रुपमा लिनु पर्छ ।

यस पटकको उपनिर्वाचन परिणामलाई कसरी लिनु भएको छ ?
सोचे जस्तो परिणाम आएन । यो उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस बाहेक अन्य दलको खासै स्थिति राम्रो रहेन । संगठन गर्दै जाउ आगामी निर्वाचनमा हाम्रो पनि हाम्रो स्थिति रहने छ । अब हामी गाउँ गाउँ, टोल टोल शहर–शहर जानु पर्छ । जनताले चाहेमामा मात्र राम्रो परिणाम आउने हो । जनताले परिवर्तन खोजिरहेका छन् । यस पटक फुटेर गएका कारण राप्रपाहरूलाई जनताले भरपर्दो दलको रुपमा लिएनन् । सबैतिर संगठन नभएका कारण राप्रपा सोचे जस्तो परिणाम नआएको विश्लेषण गरिदै छ । त्यसो त नेकपाले पहिले जितेको ठाउँमा अहिले काग्रेसले जित्नु भनेको जनताप्रतिको वितृष्णा मान्नु पर्छ । जस्तो उदाहरण भक्तपुर पूर्व एमालेले जितेको ठाउँमा उपनिर्वाचनमा काग्रेसले जित्यो ।

 राप्रपाको वटमलाइन संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्य हो, तर यस भन्दा पृथक मत राख्ने पार्टी भित्रै देखिन्छ नि?
हाम्रो पार्टीको वटमलाइन भनेको संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्य हो । पार्टीको विधानमा पनि यहि छ । मलाई लाग्छ, यस विषयमा पार्टीमा कुनै मतभेद छैन । छिटफुट कसैले पार्टीको वटम लाइन भन्दा पृथक बोले भने त्यो व्यक्तिगत मात्र हो ।

नेपालमा हिन्दु धर्म मान्ने ९० प्रतिशत भन्दा बढी मत छ भनिन्छ, तर हिन्दु धर्मलाई वटम लाइन मान्ने पार्टीको मत किन घट्दै गएको हो ?
नेपाली जनताले विकास र परिवर्तन चाहिरहेका छन् । परिवर्तन चाहिरहेका छन् । त्यसैले हिन्दु राष्ट्र भनेको सबै नेपालीहरूको आस्थाको धरोहर हो । दुई तिहाई सरकारले विकास र परिवर्तनको बाटो नहिडेर महगी, वेरोजगारी, भ्रष्टाचार, अनियमितता, अशान्तिलाई प्रसय गर्दै गएकोले अब नेपाली जनताले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई अपरिहार्य मानेको अवस्था छ । आफ्नो धर्म संस्कृति र मौलिकतालाई निरन्तरतालाई नयाँ शक्तिको आवश्यकता जनताले महशुस गरिरहेका छन् । त्यो आवश्यकता राप्रपाले पुरा गर्न सक्छ ।

भारतले आफ्नो नक्सामा कालापानी, लिपुलेक, लिम्पुयाधुरालाई पनि राखेको छु, यस विषयमा राप्रपाले स्पष्ट रुपमा बोलेको छैन नि ?
यो विषयमा राप्रपाले आवाज उठाइरहेको छ र खासमा चासो हुनु पर्ने अहिले दुई तिहाई बहुमतको सरकारको हो । खास रुपमा नेकपा र काग्रेस यसमा जिम्मेवार बन्नु पर्छ । यस विषयमा उनीहरू नै पहिला अघि बढ्नु पर्छ । यसै मेसोमा हेर्दा त्यहाँका नागरिकहरू पहिले कुन अवस्थामा थिए, अहिले कुन अवस्थामा छन त्यो स्पष्ट हुनु पर्छ । त्यहाँका जनप्रतिनिधि के भनि रहेका छन्, त्यो विषय महतवपूर्ण हो । राप्रपा भने जनतालाई यस विषयमा सजग गराउदै अघि बढिरहेको छ । हामी सरकारलाई ज्ञापनपत्र दिने देखि सडकमा ¥यालीका कार्यक्रमहरू समेत गरिरहेका छौं । यो श्रृखला जारी रहने छ ।

आगामी निर्वाचनसम्म राप्रपालाई राम्रो हैसियतमा पु¥याउन तपाईहरूसंग के के एजेण्डा छन ?
हाम्रो पार्टीलाई राम्रो हैसियतामा पू¥याउनका लागि जनतालाई सजग गराएर अघि बढ्नु पर्छ । संघीयताका नाममा जनताले धान्ने नसक्ने गरी राष्ट्रलाई खरबौं ऋणमा डुबाएको अवस्था छ । यस्तो अवस्थामा राप्रपाले स्पष्ट भिजन लिएर कार्यकर्तालाई थप सशक्त रुपमा अघि बढाएमा आगामी निर्वाचनमा राम्रो स्थानमा पार्टी पुग्नेछ, अहिले भन्दा पार्टीको स्थान राम्रो हुनेछ ।

 हिन्दु धर्म मान्ने पार्टीहरूलाई एकिकृत गर्नु पर्छ भनिन्छ तर यस विषयमा नेताहरूले गम्भीर चासो राखेको देखिदैनन नि ?
हिन्दु धर्मसंग सम्बन्धित विभिन्न संघ संस्था, धार्मिक संगठनहरूलाई समट्दै राप्रपाले नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्ने हो । यसको लागि राप्रपाले समान विचार र आस्था भएका सम्पूर्ण संघ संगठनहरूलाई समेटदै पार्टीलाई अगुणी शक्तिको रुपमा स्थापि गर्नु पर्छ ।

 अन्तिममा देशवासीलाई के भन्नु हुन्छ ?
सम्पूर्ण देशवासीलाई अब हाम्रा राष्ट्र र राष्ट्रियताको संरक्षणको लागि संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य पूनस्थापना गर्न आवश्यकता छ । यहि निरन्तरतासहितको वैज्ञानिक परिवर्तन गर्न सकेमा मात्र राष्ट्र समृद्ध हुन सक्छ । त्यसैले यहि उद्देश्य पुरा गर्न राप्रपामा लाग्न आम देशवासीमा आव्हान गर्दछु ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!