किंग्स लाउन्जका लगानीकर्ता भागाभाग : अबैध लगानीको स्रोत नखुल्ने भएपछि शेयर झिक्दै सुटुक्क भागे

- February 17, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । अबैध रुपमा संकलन गरेको रकमबाट दरबारमार्गमा खुलेको किंग्स लाउन्जमा लगानी गरेको रकमको स्रोत नखुल्ने भएपछि त्यस लाउन्जका केही लगानीकर्ता सुटुक्क बाहिरीएका छन् । किंग्स लाउन्जमा प्रहरीकै बालवाला र अबकाश प्राप्त केही उच्च पदस्थ कर्मचारीले छदमभेषी नाममा लगानी गरेको सो लाउन्जमा दैनिक जसो झगडा पर्दा समेत कुनै छानविन र कारबाही नहुने भएपछि सो लाउन्जमा सुरक्षाकर्मीकै लगानी रहेको तथ्य हामीलाई प्राप्त भएको छ । सो लाउन्ज भित्रहुने अबैध कारोबार र अबैध बस्तुको सेवनका साथै अत्याधिक मंहगो शुल्क ग्राहकसंग असुली गरिदै आएको छ ।  सो लाउन्जमा जाने उपभोक्ताहरुले मुल्यका बारेमा असहमती जनाएको खण्डमा बाउन्स लगाएर कुटपिट गर्ने र कुनै कुराको टिप्पणी समेत गर्न नपाउने गरेको पीडित ग्राहकहरुले गरेका छन् ।

सो लाउन्जले २५ रुपैयाँमा खरिद गरेको मिनरल वाटर प्रति वोटल पानीलाई १ सय १५ देखि १ सय ५० रुपैयाँमा बिक्री गर्दै आएको छ । एकातर्फ महगो शुल्क असुली गर्ने सो लाउन्जले सरकारलाई बुझाउनु पर्ने कर समेत करोडौ रुपैयाँ छली गर्दै आएको छ । भने सो लाउन्जको ठगीका सम्बन्धमा तीब्रखबर डटकमले समाचार लेख्दै आएपछि केही लगानीकर्ता भने लाउन्जको शेयर झिक्दै बाहिरएको समाचार प्राप्त भएको छ । धु्रब केसी नाम गरेका लगानीकर्ताले सो लाउन्ज छोडेर बाहिरीएका छन् । १६ प्रतिशत सेयर भएका केसीले लाउन्जको अबैधधन्दा, गैरकानुनी तबरबाट निर्धारण गरेको शुल्क, सर्भिस चार्जलगायतका विषयमा तीब्रखबर डटकमले समाचार प्रकाशित गरेपछि आफ्नो शेयर झिकेर बाहिरएको एक कर्मचारीले गोप्य रुपमा बताएका छन् ।
सुरक्षाकर्मीकै मिलिमतोमा सो लाउन्जका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कुमार गुरुङ र लाउन्जका अध्यक्ष रामचन्द्र श्रेष्ठलगायतका व्यक्तिहरुले ग्राहकबाट संकलन गरेको सर्भिस चार्ज र अत्याधिक मंहगो शुल्क राखेर असुली गरेको रकम समेत व्यक्तिगत रुपमा खर्च गरेको पाईएको छ । सो सम्बन्धमा गुरुङसंग सम्र्पक गर्दा उनको मोबाईल नम्बरमा सम्र्पक हुन सकेन । एकातर्फ बाउन्सर लगाएर ग्राहकलाई अमर्यादित व्यवहार गर्दै आएको सो लाउन्जमाथी सरकारले भने कुनै छानविनसमेत अहिलेसम्म गरेको छैन । एकातर्फ सो लाउन्ज भित्र दैनिक जसो झगडा पर्दै आएको छ, तर दरवारमार्ग प्रहरी परिसरलाई भने सो झगडा सडकसम्म आउँदा पत्तो नपाए झै बस्ने गरेको छ ।

सो लाउन्जका बारेमा सो परिसरमा सम्र्पक राख्दा लाउन्जमा मात्र हैन दरबारमार्गका कुनै पनि होटल र क्याफेमा झगडा नपरेको जनाउदै लाउन्जको बचाउ गरेको छ । कसैले सो बारे उजुरी गरेपनि कारबाही भने गर्न प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित निकायमा समेत कुनै जानकारी समेत दिने गरेको छैन । लाउन्जमा प्रहरीकै उच्चपदस्थ व्यक्तीहरुकै संरक्षणमा लाउन्ज चलेको प्रमाणित भएको छ । ती पीडितले अगाडी भने,‘सो लाउन्जमा बिलमा राखिएको पैसामा थोरै रकम नपुगेपनि साथमा भएको जिन्सी सामान जबरजस्ती राख्दै आएको छ ।’ काठमाडौँका प्रायः रेष्टुरेन्टले १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत भ्याट भन्दै उपभोक्ताबाट असुलीगर्दै आएको छ । सो सर्भिस चार्ज समेत होटल सञ्चालकले आफु खुशीखर्च गर्ने गरेको पाईएको छ । सरकारले मूल्यअभिकृद्धि कर नियमावली–२०५३ मा गतवर्ष देखि कुनै पनि बिक्री स्थलमा अन्तिम मूल्य राख्नु पर्ने प्रावधान राखेको थियो । नियमावलीको दफा १४ ‘ख’ माभनिएको छ, ‘कुनै पनि संस्था र व्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनीकक्ष, बिक्रीकक्ष, होटल, रेष्टुरेण्ट, बार कारोबार स्थल वा आपूर्ति गर्ने स्थानमा कर लाग्ने बस्तु वा सेवाको बिक्री मूल्य (ट्यागप्राइस र सेल्फप्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’

सो लाउन्जले विद्यमान ऐनको दफाहरु कुनै पनि मान्दैनन् । आन्तरिक राजस्व विभागका अनुसार नियमावलीको प्रावधान कार्यान्वयन गर्न विभाग प्रतिबद्ध रहेको बताए पनि विभागसँगै सिमा जोडिएका रेष्टुरेन्ट, होटलमा समेत अन्तिम मूल्य राख्नु पर्ने प्रावधान कार्यान्वयन गराउन सकेका छैन । लाजिम्पाट र दरबारमार्गमा सञ्चालनमा रहेको त्रिसरा रेष्टुरेन्ट, काठमाडौँ उपत्यका देखीमनाङसम्म शाखा रहेको रेड मड क्याफे, यस्तै रोड हाउस क्याफे देखि न्यूरोड, ठमेल र दरबारमार्गमा रहेको किंग्स लाउन्ज लगायत अधिकांस रेष्टुरेन्ट, होटलहरुले भ्याट नियमावली अवज्ञा गर्दै आएकाछन ।
१० प्रतिशत सेवाशुल्क र १३ प्रतिशत मूल्यअभिबृद्धि कर जोडेर मूल्य राख्ने हो भने १ सय ५० रुपैयाँको भेज ममः कै मूल्य १ सय ८० रुपैयाँ हुन्छ । उपभोक्ताले पनि मेनुमा भएको १ सय ८० रुपैयाँ नोटिस गर्छन् तर बिल तिर्दा त्यो भन्दाबढी रकम असुलीगर्दै किंग्स लाउन्जहोटल आएको छ । अर्कोतर्फ सो होटलले बाहिर ४५ रुपैयाँ पर्ने हुक्कालाई ४ सयमा बेच्ने गरेको छ । सो लाउन्समालगानी गरेको भन्दै आएको ९ करोड रुपैयाँकहाँबाट आयो भन्ने बारे अहिले चर्चाको विषय बनेको छ । सो लगानीको स्रोत समेत देखाउन सकेको छैन ।लाउन्जले लामो समयदेखिउपभोक्ता ठग्ने कार्यलाई निरन्तरतादिदै आएको छ ।सो लाउन्जले मेनुमा लेखिएको मूल्यमा १० प्रतिशत सेवाशुल्क (सर्भिस चार्ज) र १३ प्रतिशतमूल्यअभिवृद्धि कर (भ्याट) जोडेर लिने गर्छन्। मेनुको मूल्यमा सेवाशुल्क र मूल्य अभिवृद्धि कर जोडेर लिनु गैरकानुनी हो । यसरी गैरकानुनी तरबबाट अत्याधिक मुल्य असुली गर्ने र हाल लगानी गरेको रकमको समेत थप विवरणका बारेमा तीब्रखबर डटकमको खोजी कार्य जारी रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!