चौधरी ग्रुपको अर्को झुट : कामनै नगरेको नक्कली विवरणलाई प्राधिकरणले दियो मान्यता

- February 16, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गलत विवरण पेस गरी डलर अनुदान लिएको खुलासा

रोशन कार्की
काठमाडौं । चौधरी ग्रुपले नेपाल सरकारलाई समेत नक्कली विवरण देखाई करछली गर्दै आएसंगै विदेशी सरकारलाई समेत नक्कली विवरण देखाई डलर अनुदान लिएको खुलेको छ । नेपालमा दुरसञ्चार सेवा दिने भन्दै विदेशी दातासंग अनुदान लिएपनि सो काम नै नगरी काम सम्पन्न भएको नक्कली विवरण सम्बन्धित दातासमक्ष पेस गरी अनुदान रकम लिएको खुलेको हो । सो कम्पनीले अहिलेसम्म तोकिएको ग्रामीण भेगमा कुनै पनि सेवा अहिलेसम्म दिन सकेको छैन । केही दिनअघि सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सीजी टेलिकमले १ करोड १८ लाख अमेरिकी डलर अनुदान पाए पनि त्यसको शर्त पालना नगरेको र सरकारले अनुसन्धान गर्ने बताएपछि सीजीले सिमित पत्रकारलाई बोलाई आइतबार आफ्नो बचाउ गरेको छ । सीजी कम्युनिकेसन प्रालिका प्रवक्ता रुपमा रहेका मधुसूदन पौडेलकै योजनामा केही पत्रकारलाई बोलाई जस्ताको तस्तै समाचार छाप्ने मिडिया हाउसलाई मात्र पत्रकार सम्मेलनमा डाकिएको थियो ।

सो पत्रकार सम्मेलनमा कडा प्रश्न गर्ने र चौधरी ग्रुपले गरेको कामलाई अन्धभक्त भई समाचार नलेख्ने पत्रकारलाई भने प्रबेशमै रोक लगाएको थियो । सो सम्मेलनमा नक्कली डकुमेण्ट देखाई आम जनतामाझा भ्रम समेत सृजना गरेको । सो कम्पनीले १ करोड १८ लाख अमेरिकी डलर अनुदान लिएको र सो रकम चौधरी ग्रुपले आफुखुशी खर्च गरेको खुलेको हो ।  ‘उक्त अनुदान तत्कालीन एसटीएम टेलिकम सञ्चार प्रालिले पूर्वाञ्चलको ग्रामीण क्षेत्रमा दूर सञ्चार सेवा पु¥याउन विश्व बैंकबाट पुँजीगत अनुदानका रुपमा रकम लिएको थियो । तत्कालिन प्राधिकरणका मेनेजर अन्नतकुमार खनालको हस्ताक्षरमा कामै नगरी सम्पन्न गरेको भन्दै प्रमाणपत्र दिएको पाईएको छ ।
एसटीएमले तोकिएको समय र क्षेत्रमा १४ सय पीसीओ स्थापना गरी उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै गलत तथ्याङक सार्वजनिक गरेको छ । दूरसञ्चार प्राधिकरणमा तत्कालिन व्यवस्थापकलाई प्रभाबमा पारी नक्कली डकुमुन्टमा सदर गरेर सन् २००७ अप्रिल २ मा सम्पन्नताको प्रमाणपत्र लिएको थियो । त्यसपछि मात्र कम्पनीले सन् २०१३ मा एसटीएम खरिद गरेको भन्दै नक्कली विवरण सार्वजनिक गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!