उद्योग वाणिज्य महासंघमा ताण्डप नृत्य : नेतृत्व हत्याउन व्यावसायीहरुमा अस्वस्थ्य प्रतिस्पर्धा (भिडियो सहित)

- February 16, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । उद्योगी व्यवसायीको संगठन नेपाल उद्योग वाणिज्य महासंघ आसन्न निर्वाचनको तयारीमा जुटेको छ । निर्वाचनको मिति जति नजिकिदै छ त्यतिनै महासंघमा अस्वस्थ्य प्रतिस्पर्धाको खेल सुरुभएको छ । महासंघको नयाँ नेतृत्व हत्याउनकालागि अहिले गुटउपगुट नै बनाई उम्मेदबारी घोषणा समेत गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघको आसन्न वार्षिक साधारण सभा जति नजिकिदै छ त्यतिनै सो संस्थाभित्र गुटउपगुट नै बनाएर मोर्चाबन्दीमा व्यवसायीहरु लागेका छन् । कुशकुमार जोशी तत्कालिन अध्यक्षमा उमेदबारी दिदादेखि सतहमै आएको दलिय हस्तक्षेप अहिले महासंघको निर्वाचन आउनु अगाडीनै देखिएको छ । महासंघलाई आफु अनुकुल बनाउदै आएका पुर्वअध्यक्ष चण्डीराज ढकालकै कारण पछिल्लो पटक ठूलो विवादमा फस्न पुग्यो ।

विधान संशोधनको विबादका कारण महासंघ फुट्नबाट जोगिएपनि सो सस्थालाई आफ्नो अनुकुल चलाउने उदेश्यले ठूलो गुटउपगुट नै बनाएर उमेदवारी घोषणा गर्दै आएको छ । विबाद मिलेसंगै अहिले महासंघको बरिष्ठ उपाध्यक्षमा अधिकाशं व्यवसायीको ध्यान केन्द्रीत भएको छ । आन्तरिक विवाद टुंगोमा पुगेसँगै गोल्छाले आगामी तीन वर्षसम्म महासंघको नेतृत्व सम्हाल्ने छन् । महासंघमा भएको विबादका कारण संस्था संकटमा पुगेको र व्यवसायीहरु गुटउपगुटमा विभाजन भएसंगै संस्था फुट्ने अबस्थामा पुगेपछि अन्नत विभिन्न गोप्य सम्झौतागरी विवाद मिलाएको महासंघ सदस्यहरुको भनाई छ । उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघमा भएको सवै असहमती र समस्यालाई समधान गरी अबका दिनमा सवै एक भई अगाडी बढ्नेमा विवाद नभएको बताए ।  महासंघको वरिष्ठ उपाध्यक्षमा गृहनगर बाग्लुङबाट दुईमहिना अघि चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका थिए । ढकालले उम्मेदबारी घोष्णा गरेसंगै वरिष्ठ उपाध्यक्षमा अहिले ४ जना आकांक्षी देखिएका छन् ।

जसमा चन्द्रप्रसाद ढकाल, किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ र ज्ञानेन्द्रलाल प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने तयारीमा रहदा विराटनगरबाट किशोरकुमार श्रेष्ठले उम्मेदबारी घोषणा गरेका छन् । किशोरको पक्षमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका पूर्वअध्यक्षद्वय कुशकुमार जोशी र विनोदबहादुर श्रेष्ठसहितको सहभागीतामा श्रेष्ठले उम्मेदबारी सार्वजनिक गरेका छन् । यसैगरी, उम्मेदबारी घोषणा कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरू अञ्जन श्रेष्ठ, कृष्ण दुलाल, देवकुमार श्रेष्ठ, दिनेश श्रेष्ठ, अशोक टेमानी र गणेश लाभको समेत सहभागी रहेका थिए । आगामी निर्वाचनमा अञ्जन वस्तुगततर्फ उपाध्यक्ष र दिनेश जिल्ला–नगर उपाध्यक्षमा प्रधान समूहबाट उठ्ने पक्कापक्की भइसकेको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले नेतृत्व पक्षलाई दिएको सुझाब र सल्लाहालाई सही भए सही गल्ती भए गल्ती भएको भनेर भन्नु पर्ने बताए ।

महासंघको एशोसियट उपाध्यक्षमा सौरभ ज्योति र साहिल अग्रवाललगायत अन्यले उम्मेदवारी दिने तयारी गरेका छन् । वस्तुगत समूहको उपाध्यक्षमामा कमला श्रेष्ठले पनि आकांक्षा देखाएको छ । जिल्ला नगर उपाध्यक्षमा अरुण सुमागी, गुणनीति तिवारी, दिलसुन्दर श्रेष्ठले उम्मेदवारी चर्चा अहिले चलेको छ । आउँदो चैत २७ गते महासंघका पाँच पदाधिकारीसहित ७० पदका लागि निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष (एशोसियट, वस्तुगत र जिल्ला नगर) लगायत अन्य पदका लागि निर्वाचन हुनेछ । महासंघका ७५ जिल्लामा जिल्ला उद्योग बाणिज्य संघ र नगर उद्योग बाणिज्य संघ गरी ९६ वटा उद्योग बाणिज्य संघ सदस्य रहेका छन् । ९१ वटा बस्तुगत संघ, ६ सय ३५ एसोसिएट सदस्य र २० वटा द्विराष्ट्रिय संघ यसका सदस्य छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!