क्यान इन्फोटेक मेलाको केही रकम तपाईहरुकै कक्टेल पार्टीमा खर्च गरिने भन्दै…

- February 15, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रबिधि मेलामा भन्सार छलीका सामानकोे बिक्री हुदाँ आएको भेटिएको छ । सो मेलामा रहेका अधिकांश कम्प्युटर, मोबाईल, ल्यापटपलगायत अधिकाशं सामानहरुको कुनै पनि कबर नभएका भएका पनि च्यातिएको मात्र भेटिएको छ । सो मेलामा खरिदकर्ताले सामानको वाकस माग्दा नदिने र नक्कली मुल्य अभिकृद्धि कर (भ्याट) विल राखेर छली गरेको भेटिएको छ ।
क्यान इन्फोटेकका नाममा सुरु भएको सो मेलाको नाममा चोरी पैठारी गरि नेपाल भित्राएका सामानहरुको बिक्री गर्ने मुख्य थलो भएको छ । सो मेलामा सामान खरिदकर्तालाई कुनै पनि कम्पनीले भ्याट विल नदिने गरेको गुनासो बढी आएको छ । कम्पनीले मेलामा विना कभरका सामानहरु बिक्रीमा राखिएको छ । खरिद गरेको सामानको कभर मागेको खण्डमा नदिने र दिई हाले पनि च्यातिएको दिने गरेको छ । आफुखुशी तोकिएको मुल्यमा सामान बिक्री गरिदै आएकोमात्र हैन मुल्य अधिबृद्धि कर (भ्याट), कर, आयकर र राजश्व समेत करोडौ रुपैयाँ छली हुदै आएको छ ।
कम्प्युटर एशोसिएसन नेपाल महासंघले सो मेलाको आयोजना गरेको हो । इन्फोटेक अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क समेत ताकेर संकलन गर्दै आएको छ । सो मेलामा राखिएको शुल्क कति रुपैयाँ संकलन हुन्छ त्यसको समेत जानकारी समेत लुकाउने गरेको छ । देशभर पछिल्लो समयमा मेला महोत्सवको नाममा विभिन्न गति विधिसंगै कर छलीमा समेत बृद्धि हुदै गएको छ । मेलामा बिक्री गरेका कुनै पनि सामानहरुको भ्याट, चोरी निकासी गरिएको र न्यून विजिकरण गरिएका अधिकाशं सामाग्रीहरुको बिक्री गरिदै आएको छ ।


सो कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले मेला महोत्सवमा राखिएको टिकट र अन्य स्रोतबाट आएको रकमबाट संस्था चलाउने हो भन्दै जवाफ दिदै आएको छ । सो प्रबेश शुल्क संकलनबाट तपाईहरुकालागि कक्टेल डिनर पार्टी को आयोजनामा खर्च गर्ने गरेको समेत जनाएको छ । कर कार्यालयको भ्याटको विद्यमान ऐन अनुसार कुनै पनि मेला आयोजना गर्दा आयोजकले भ्याटको दफा १० (क) अनुसार अस्थायी भ्याट दर्ता र मेला आयोजना गर्नकालागि पूर्वस्वीकृति लिनु पर्छ र मेला सकिएको सातदिनभित्र सवै कारोबारको कर विवरण कर कार्यालयमा पेश गरी करचुक्ता गर्नु पर्ने उल्लेख छ । तर सो अनुसार आयोजकले कुनै प्रमाणपत्र लिएको छैन । सरकारकै सम्बन्धित निकायको सहकार्यमा हुने सो मेलाबाट गत वर्षमा मात्र न्यूनतम ७५ करोड रुपैयाँभन्दा बढी कर छली गरिएको थियो । मेलामा बिक्री भएका कुनै पनि सामाग्रीहरुको भ्याट विल दिने गरेको छैन भने दिएको भ्याट विल समेत नक्कली प्रयोग गरिदै आएको छ । यस सम्बन्धमा आयोजकले कुनै जवाफ दिएन् ।

यो पनि अध्ययन गर्नुभयो ?

क्यान मेलामा चोरी निकासीका सामानको बिक्री : सरकारी निकाय मौन, करोडौ रुपैयाँ कर छली


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!