कार्कीको निर्देशनमा ‘मायाँ के होला

- February 14, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 काठमाडौं २, फागुण । अर्नभ फिल्म प्रोडक्शन प्रालि र ईन्द्रेणी सिने ईन्टरटेन्मेन्ट प्रालिको संयुक्त ब्यानरमा अर्नभ वस्नेतको प्रस्तुति रहने कथानक चलचित्र ‘मायाँ के होला’को एक कार्यक्रम बीच रकहाउस क्याफे रातोपुलमा शुभ मुहूर्त सम्पन्न भएको छ ।
नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न मुहूर्त कार्यक्रममा क्यामरा स्वीचअन चलचित्र प्राबिधिक संघका अध्यक्ष पुष्कर लामा, निर्देशन रबिन्द्र खड्का, क्ल्याप कृष्णा शिवाकोटी, नरिवल सानु श्रेष्ठले फुटाएका थिए भने सोनाम थापा मगर, मेनुका गिरी, अर्जुन गुरुङ लगायतका कलाकारले मुहूर्त सर्ट दिएका थिए ।
त्रिकोणात्मक प्रेमको समर्पण, रोमाञ्चित प्रेम कथामा आधारित एक्शन प्रधान चलचित्र ‘मायाँ के होला’का निर्देशक ईन्द्र कार्की, मुख्य सह निर्देशक जीवन गौतम, निर्माता किरण कार्की, लक्ष्मि नेपाल र सिता वस्नेत रहेका छन् । फागुण दोश्रो साताबाट फ्लोरमा जाने ‘मायाँ के होला’मा सोनाम थापा, अर्जुन गुरुङ, मेनुका गिरी, बीरु नेपाल, फरिता खड्का, चेतन अर्याल, मदन सेन्चुरी, रमन राई, सुरज खनाल, छायाँ श्रेष्ठ, बाल कलाकार रोनिश पाण्डेको अभिनय रहने छ । यसमा व्दन्द सुरज श्रेष्ठ, नृत्य हरिष खनालको रहने छ । कार्यक्रम सञ्चारकर्मी गीता अधिकारीले सञ्चालन गर्नु भएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!