कोरोना भाइरसको संत्रासबाट राप्रपा संयुक्त चिन्तित

- February 14, 2020 मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का केन्द्रीय सचिवालय संयोजक ध्रुवबहादुर प्रधानले छिमेकी राष्ट्र चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको प्रकोप र महामारी प्रति आफू चिन्तित र त्रसित रहेको बताउनु भएको छ । हामीसँग कुराकानी गर्दै राप्रपा संयुक्तका सचिवालय संयोजक प्रधानले भन्नुभयो ‘नेपाल दूई ठूला देशमा हुने प्रत्येक क्रियाकलाप र घटनाबाट हामी नेपाली प्रभावित हुन्छौं । हामी हाम्रो स्वार्थ हाम्रो धर्म संस्कृति परम्परा र पहिचान कायम राख्नु हाम्रो कतव्र्य हो । राप्रपा संयुक्त त्यसप्रति प्रतिवद्ध छ । चीनमा अहिले भइरकेको कोरोना भइरसको प्रकोपबाट चिन्तित र त्रिसित पनि छौं ।’

उहाँले अगाडि भन्नुभयो भारतमामा भएको नागरिकता ऐनको विरोधमा विभिन्न क्रियाकपाल भइरहेको छ । हिन्दूवादी र मुश्लिमवादी बीच मनमुटाव छ । म्यानमार बाट विस्थापित रोहिंग्या नेपाल प्रवेश गर्ने क्रम शुरु भएको छ । बंगलादेशी र विहारी मुश्लिमहरुको पनि त्यही ढंगबाट हुने प्रवेशप्रति हामी चिन्तित छौं ।’

उहाँले थप्नुभयो ‘यतिबेला हाम्रो दृष्टि फेब्रुअरी १५ देखि १७ सम्म हुने बोधोसाइन नगरपालिका वार्ड नं ५ जाजरमा मुश्लिम आयोगको अग्रसरता र सरकारी संयन्त्र प्रयोग गरेर गैर नेपाली मुश्लिमहरुको उपस्थितिमा नेपाल इज्तिमा सम्मेलन हुन लागेकाले मित्र राष्ट्रहरुसँगको सम्बन्ध र हिन्दू राष्ट्र कायम गर्ने अभियान रोक्न सरकारले त्यस्ता सम्मेलानहरु गर्न गरेर अन्तर्राष्ट्रिय स्तरका आतंककारी गतिविधि हुन सक्ने कुरालाई प्रश्रय दिंदा दुई देशबीचको सम्बन्ध विग्रन सक्ने कुरा मात्र नभई सीमानामा मुश्लिम आपराधिक गतिविधि हुनसक्ने सम्भावना भएको हुँदा यस्ता क्रियाकलाप अविलम्ब स्थागित हुनुपर्छ भन्ने मेरो धारणा हो ।’

प्रतिक्रिया