नक्साल डोजोमा पेटी परिक्षा सम्पन्न

- February 9, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालमा सिनियर तथा जुनियर ग्रेडिंग ( पेटी परिक्षा ) शनिवार देखि शुरु भई अाईतवार एक बिशेष कार्यक्रम बिच सम्पन्न भएको छ । उक्त ग्रेडिंगमा ह्वाईट बेल्ट देखि सिनियर ब्राउन-बेल्ट सम्मका खेलाडीहरुको ग्रेडिंग भएको थियो । ग्रेडिंगमा ह्वाईट बेल्ट देखि अरेन्ज बेल्टमा उत्तीर्ण हुन सफल हुनेहरुमा साकार अोझा,सुलभ थापा,शिद्धार्थ तामाङ्ग,सुस्मिता कार्की,सुजल कार्की रहेका छन ।

त्यसैगरी अरेन्ज बेल्ट देखि हाफ ग्रीन तर्फ अमित मगर,खुशी बुढा मगर,अर्पण श्रेष्ठ,रुविना बरुवाल उत्तीर्ण भएकाछन । त्यसैगरी हाफ ग्रीन देखि ग्रीन बेल्टमा उत्तीर्ण हुनेहरुमा रश्मिता श्रेष्ठ,दिपेश भुजेल, कुशल खत्री,कौसल खत्री, नितास माझी , रिसभ सिंह राजपुत, मोहम्मद हम्जा, दिज्ञ शाह, कृती भण्डारी रहेकाछन । त्यसैगरी ग्रीन बेल्ट देखि स्टेप ब्राउन तर्फ आभूषण बोहरा, निसान ताम्ली सफल भए भने स्टेप ब्राउन देखि जुनियर थर्ड क्यु ब्राउन बेल्टमा बिबोन कार्की, बिबोध कार्की उत्तीर्ण हुन सफल भए ।

त्यसैगरि अभय खपाङ्गी थर्ड क्यु देखि सेकेण्ड क्यु ब्राउन बेल्टमा उत्तीर्ण भए । ४५ जना खेलाडी सहभागी रहेको उक्त ग्रेडिंग नेपाल सितोरियो कराते संघका सचिव तथा प्रबक्ता एवम् नेपाल स्वयम-सेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष एबम् अन्तराष्ट्रिय निर्णायक गजेन्द्र बहादुर खपाँगी ‘ईश्वर’ ले लिएका थिए । पुरुष तर्फ रिशभ सिंह राजपुत र महिला तर्फ खुशी बुढा मगर उत्कृष्ठ खेलाडि भए भने उदयीमान खेलाडि महिला तर्फ सुस्मिता कार्की र पुरुष तर्फ अमित मगर घोषित भए ।

उत्तीर्ण हुन सफल खेलाडिहरुलाई नक्साल डोजोका अध्यक्ष गजेन्द्र बहादुर खपाँगी , उपस्थित, अतिथि,अभिभावक लगायतले अविर,प्रमाण-पत्र तथा बेल्ट बितरण गर्नुभयो ।उक्त अवशरमा विभिन्न समयमा नक्साल डोजोलाई मिडिया मार्फत योगदान दिदै अाएका पत्रकार पुषपराज गिरीलाई मायाको चिनो तथा खादा लगाएर सम्मान गरेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय खेलाडि तथा स-प्रशिक्षकहरु अाकाश पाल,रश्मिता श्रेष्ठ, शाखाडोजो नक्सालका कोषाध्यक्ष एबम स-प्रशिक्षक पुनम थापा, सदस्य तथा प्रबक्ता पुष्पराज गिरि,सल्लाहकार राजेन्द्र बहादुर पाल, नक्साल डोजोका पदाधिकारीहरु, अभिभाबक, बिभीन्न मिडियाका पत्रकारहरु लगायत खेलप्रेमी महानुभावहरुको उल्लेख्य उपस्थिती रहेको थियो । नक्साल डोजोको विभिन्न शाखाको रुपमा काठमाण्डौ उपत्यकामा ज्ञानेश्वर डोजो, मनमानेश्वरी डोजो,बिग वुध्द डोजो,भगवती डोजो र उपत्यका बाहिर सिमरा डोजो र गढिमाई डोजो ,महेशपुर डोजो सन्चालनमा रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!