स्वस्तिश्री गुरुकुल अन्तराष्ट्रिय मापदण्ड अनुसार सञ्चालनमा

- February 3, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । काठमाडौंको सानोभ¥याङमा अन्तराष्ट्रियस्तरको विद्यालय सञ्चालन गरिएको छ । स्वस्तिश्री गुरुकुल नाम दिएको सो विद्यालयमा अन्तराष्ट्रिय गुणस्तरीय एव जीवन उपयोगी शिक्षा दिने उदेश्यले सो विद्यालय सञ्चालन गरेको अध्यक्ष रामकृष्ण चित्रकारले बताएका छन् । सो विद्यालयमा किताबको माध्यमबाट भन्दापनि प्रयोगात्मक शिक्षामा विशेष रुपमा प्रयोगमा ल्याउने भएको छ । बालमैत्री, व्यवहारिक एवं क्रियाशील शिक्षण पद्धतीमार्फत अध्ययन गराईने भएको छ । नेपाल सरकारले निर्दिष्ट गरेका नियमित पाठ्यक्रम अन्तर्गत रहेर सोही अनुसार प्रयोगात्मक रुपमा अध्ययन अध्ययापन गरिने छ । सवै कक्षाकोठा उच्च प्रविधियुक्त (स्मार्टकक्ष) रहने भएको छ । केवल किताबी ज्ञानभन्दापनि पढेको कुरालाई जीवन उपयोगी बनाउन सकिनजे गरि सो विद्यालयलाई अगाडी बढाउने योजनामा रहेको अध्यक्ष चित्रकारले बताएका छन् । विद्यार्थीहरुलाई अत्याधुनिक सेवा, सविधा दिने उद्देश्यले खोलिएको यस स्कुलमा सबै कक्षाकोठाहरु वातानुकुलित एयर कण्डिसना, फुटबल, बास्केटबल, टेवलटेनिस, व्याडमेन्टिन, स्वेटिडकरति भगायतका खेलकुदको लागि सरचना, जिम हल, अत्याधुनिक तातोपानी सहितको पौडी पोखरी, मुइमिङ पूल लगायत अन्य विभिन्न सुविधाहरु उपलब्ध छन । गुणस्तरीय शिक्षाका लागि नियमित रुपमा शिक्षकहरुलाई प्रदान गरिने तालिम, चुस्त व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ । सो विद्यालयमा गत वर्षदेखि नै पूर्वप्राथमिक कक्षाहरु सुरु गरेको छ । २०७० बैसाक महिनाबाट कक्षा १ देखि ९ सम्म र असार महिनामा कक्षा ११ सन्चालनमा ल्याउने उद्देश्य राखेको छ ।
विद्यार्थीलाई गुणस्तरीय एवं जीवनउपयोगी शिक्षा दिने लहर संसारभरि नै चलेको छ । नेपालको शिक्षा प्रणालीमा खासै परिवर्तन हुन नसकेको सन्दर्भमा प्रयोगात्मक, व्यवहारिक र व्यवसायिक शिक्षा दिँदै विद्यार्थीहरुको सिर्जनशीलताको विकास गर्ने र विश्व बजारमा विकाउ जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित स्वस्तिश्री गुरुकुल सञ्चालनमा ल्याइएको अध्यक्ष चित्रकारले बताएका छन् । किताबी ज्ञान र शिक्षक केन्द्रीत शिक्षणले बालबालिकाहरुको चौतर्फी विकास गर्न सक्दैन । बालमैत्री, व्यवहारिक एवं क्रियाशील शिक्षण पद्धती, प्रकृति र समुदायसँगको अन्तरक्रिया, गहन एवं अन्वेषक विश्लेषण, नियमित मूल्याकंनले मात्र प्रतिस्पर्धी विश्वबजारका लागि सक्षम नागरिक तयार गर्न सक्दछ । विद्यार्थीहरुले बन्दकोठा भित्रभन्दा बढी समय प्रयोगशालाहरु, खेलकुद मैदान, समुदाय र वातावरणसँग बिताउँनेछन् । जहाँ सैद्धान्तिक सिकाईभन्दा बढी व्यवहारिक, प्रयोगात्मक र व्यवसायिकशिक्षादिइने छ । नेपाल सरकारले निर्दिष्ट गरेको नियमित पाठ्यक्रम अन्तर्गत रहेर यस स्कुलले समय सुहाउँदो र विद्यार्थीहरुलाई जीवन उपयोगी शिक्षा प्रदान गर्न केही पाठ्यक्रम थपगरी अन्तर्रा्ष्ट्रिय स्तरमा ख्याती कमाएका सिकाई पद्धतीहरुलाई पनि अनुशरण गर्ने लक्ष्य लिएको विद्यालयका प्रिन्सिपल डा.हिमलाल घिमिरे बताउँछन् ।
विद्यार्थीहरुको चौतर्फी विकासका लागि विज्ञान विषयका प्रयोगशालाको अलावा गणित, अंग्रेजी, नेपाली, सामाजिक शिक्षालगायतका सबै कक्षा कोठाहरुलाई प्रयोगशाला कै रुपमा विकास गरिने छ । केवल कितावी ज्ञान भन्दापनि पढेको कुरालाई जीवन उपयोगी बनाउन सकियो भने मात्र त्यसको दीगो अर्थ रहने प्रिन्सिपल डा.घिमिरे बताउँछन् ।
विद्यार्थीहरुलाई स्कुलआउन र घर जानको लागि वातानुकुलित आधुनिक बसको सुविधा दिइने स्कूलले जनाएको छ । एउटा राम्रो विद्यालय सञ्चालनगर्न राम्रा र सक्षम शिक्षकहरुको पनि आवश्यकता पर्दछ । त्यसको लागि राष्ट्रिय सञ्चार माध्यममा आवश्यकताको विज्ञापन प्रकाशित गरेर सयौं आवेदकहरुको माझबाट अन्तरवार्ता, लिखित परीक्षा, कक्षा शिक्षण जस्ता चरणहरु पार गर्दै शिक्षक(शिक्षिकाहरु छनौट भएका छन् । छानिएका शिक्षक/शिक्षिकाहरुलाई छिट्टै तालिम सञ्चालन गरिने स्कूलले जनाएको छ ।गुणस्तरीय शिक्षाका लागि नियमित रुपमा शिक्षकहरुलाई प्रदान गरिने तालिम, चुस्त ब्यवस्थापन जस्ता कारणहरुले पनि प्रमुख भूमिका खेलेको हुन्छ । तालिम एक निरन्तर प्रक्रिया हो र यो वर्षै भरी चल्ने विद्यालयका संयोजक हरि प्रसाद संजेलले बताए । स्वस्तिश्री गुरुकुलले आफ्ना शिक्षक, कर्मचारीहरुलाई तालिम दिन, शिक्षण कार्यमा सहकार्य गर्न, आफ्ना शिक्षक, कर्मचारीहरु तथा विद्यार्थीहरुबीच भ्रमण आदानप्रदान गर्न संयुक्त राज्य अमेरिकाको वाटकिन्सन स्कुलसँग सहकार्य गर्ने गरी काम अगाडि बढाइएको छ । यसैगरी यस स्कुलले गतबर्षदेखि नै बेलायतको फिल्डओर्क एजुकेशनसँगको सहकार्यमा ईन्टरनेशनलअर्ली इयर करिकुलम (आई.इ.वाई सी.) फ्रेमओर्क सञ्चालनमाल्याएको छ । स्कूलले दिेन शिक्षा २१ औं शताब्दी सुहाउँदो हुनेछ,जसले गर्दा स्वस्तिश्रीका विद्यार्थीहरु संसारकाजुनसुकै ठाउँ र शिक्षण संस्थाहरुमा सजिलै घुलमिल हुन सक्ने बताइएको छ । गतवर्षदेखि नै पूर्वप्राथमिक कक्षाहरु सुरु गरेको स्वस्तिश्री गुरुकुलले शैक्षिक सत्र २०७७ को लागि बैशाख महिनामा कक्षा १ देखि ९ सम्म, आषाढ महिनामा कक्षा ११ सञ्चालनमा ल्याउने उद्देश्य राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!