मनराम फाउण्डेसनको पुस्तकालय तथा पुरस्कार हस्तान्तरण

- January 30, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । मनराम फाउण्डेसनको नवौं स्थापना दिवस सम्पन्न भएको छ । यस वर्ष विकट जील्लाका २१ सामुदायीक विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । काठमाण्डौंमा भएको कार्यक्रमको प्रमुख अतिथी अमेरिकी राजदुत ¥यान्डी डव्लुले विद्यालयका प्रतिनिधिलाई पुस्तकालय हस्तान्तरण गरेका थिए । कार्यक्रममा वोल्दै राजदुत ¥यान्डी डव्लुले अमेरिकन कम्पनी हिमालयन कर्पोरेसनले नेपाली समाजको सैक्षिक स्तर सुधार गर्न खेलेको भुमिकाको प्रसंसा गर्दै आफ्नो पनी पृस्ठ भुमी शिक्षण पेशानै रहेको र समाज रुपान्तरणमा शिक्षाको महत्व कती हुन्छ भन्ने आफुलाई व्यवहारिक ज्ञान रहेको वताए ।  कर्पोरेसनले नेपालको ग्रामिण क्षेत्रमा शिक्षाको पहुँच विस्तरमा खेलेको योगदानमा अमेरिकी जनता र सरकारको सहयोग रहने समेत बताए । नेपालको ग्रामिण क्ष्ोत्रमा पुस्तकालय स्थापना गर्न पाउँदा कर्पोरेसन गौरव गर्दछ भन्दै हिमालयन कर्पोरेशनका अध्यक्ष सुजनकुमार श्रेष्ठले सिइओ सुमन श्रेष्ठले घोषणा गरेको एक प्याकेट डगच्यु एक विद्यार्थि अभियान अन्तरगत संकलित रकमको सहयोगले आज यो सम्भव रहेको वताए ।
फाउण्डेसनले नौवर्षको अवधिमा मूलुकका सवै जिल्लामा लाइवेरी पु¥याई सकेको छ । १५४ सामुदायिक विद्यालयमा पुस्तकालय स्थापनका साथै कक्षा पाँच सम्मका विद्यार्थिलाई निसुल्क कपी कलम,कम्प्युटर समेत सहयोग गरी सात करोड भन्दा वढीको सहयोग गरिसकेको समेत उनले जानकारी दिएका थिए । सोही कार्यक्रममा मनराम–एसकाज पत्रकारिता पुरस्कार २०७६ बाट संखुवासभामा रही पत्रकारिता गरिरहेका कृष्णराज शाक्य पुरस्कृत गरिएको थियो । मनराम फाउण्डेशन र संखुवासभा काठमाडौं जर्नालिष्ट एशोसिएसन(एसकाज) द्वारा स्थापित पुरस्कार राजधानीमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र मनराम फाउण्डेशनकी संरक्षक मनमाया श्रेष्ठले संयुक्तरुपमा पत्रकार शाक्यलाई हस्तान्तरण गरे


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!