अर्थमन्त्री खतिवडाले समेत सकेनन अर्थतन्त्रको विकास गर्न : नीजि क्षेत्र (भिडियो सहित)

- January 27, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । शक्तिशाली सरकारका समयमा देशको अर्थतन्त्र विकास हुने विश्वास नीजिक्षेत्रको रहेको थियो । समयसापेक्ष विवाधित ऐन कानुनलाई परिमार्जन हुने आसा गरेपनि सो अहिलेसम्म नभएको व्यवसायीहरुको भनाई रहेको छ । आर्थिक क्षेत्रको सवै जानकार भएका अर्थमन्त्री युवराज खतिवडाले समेत राजस्व संकलनमा मात्र बढी ध्यान दिएको आरोप समेत नीजि क्षेत्रको रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन हुँदा थमौतीमा परेका अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल अब एक महिनामात्र मन्त्रालयको कार्यभार सञ्चालन गर्न पाउने छन् । राष्ट्रिय सभा मार्फत् संघीय संसदमा प्रतिनिधि गरेका अर्थमन्त्री खतिवडाको सांसद पदावधि फागुन २१ गते सकिने भएकाले त्यसपछि उनी स्वतः मन्त्रीबाट पदमुक्त हुनेछन् । राष्ट्रियसभामा गोलाप्रथाबाट पदावधि छनोट प्रथाअनुसार अर्थमन्त्री खतिवडाले दुईवर्षे कार्यकालको चिट तानेका थिए, जुन अब १ महिनामा पूरा हुनेछ । त्यसपछि मन्त्री खतिवडा सांसद पदमा पनि रहने छैनन् । यो दुई वर्षको कार्यकालमा जुन रुपमा अर्थतन्त्रको विकास र नीजि क्षेत्रलाई सहज रुपमा काम गर्न पाउने व्यवस्था हुन्छ भनेपनि त्यसो नभएको नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले बताए । अर्थमन्त्री खतिवडाले सैधान्तिक पक्षबाट ठिक हो तर व्यवहारिक पक्षबाट चरणबद्ध रुपमा लागु गर्नुपर्ने ऐन कानुन एकै पटक लागु गर्दा कठिन हुन गई झन अर्थतन्त्र चलायमान हुन अबरोध पुगेको अध्यक्ष श्रेष्ठले बताए ।

अर्थविद् प्राडा विश्वम्भर प्याकुरेल भने अर्थतन्त्रको विकासमा अर्थमन्त्रीमात्र दोषी नहुने सो विकासमा सवै पक्ष जिम्मेवार हुने बताए । कर्मचारी तन्त्रमै परिवर्तन नहुदाँ आर्थिक विकासमा समस्या परेको बताए  नेपालको संविधान २०७२ ले सांसद पद नहुनेलाई मन्त्री बनाउन रोक लगाएको छ । यदि प्रधानमन्त्रीले सांसद नभएको व्यक्तिलाई मन्त्री बनाएमा जिम्मेवारी दिएको ६ महिनाभित्र सांसद बनाइसक्नु पर्ने प्रबधान रहेको छ । यदि खतिवडालाई सांसदमा दोहो¥याउनु परेमा पुनः उनलाई सांसद बनाउनु अनिवार्य हुन्छ । पार्टीले फेरि सांसद बनाउने प्रक्रिया सुरु गरेन भने उनी पदमा बसिरहन मिल्दैन । तर, खतिवडालाई फेरि सांसदमा दोहो¥याउने परिस्थिति निर्माण भएको छैन । खतिवडा मन्त्रिपरिषद्को कोटाबाट राष्ट्रियसभामा सांसद भएका हुन् । अर्थमन्त्री खतिवडा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट अर्थमन्त्रालयको जिम्मेवारी पाएका हुन । खतिवडा अर्थमन्त्रीको रुपमा आगमनसँगै शेयर बजारमा ठूलै गिरावट आएसंगै उनको चौतर्फी आलोचना समेत हुदै आएको छ । अर्थमन्त्री खतिवडाको गतिविधिका कारण अर्थतन्त्र मात्रै नभई पार्टीकै आलोचना बढेको भन्दै सत्तारुढ दल नेकपाका सांसदहरूले असन्तुष्टि जनाउदै आएका छन् । अर्थमन्त्री खतिवडाको कार्यकाल आगामी फागुन २१ गते सकिएपनि उनलाई थप ६ महिना अर्थमन्त्री बनाउने कानुनी बाटो रहेको छ । अर्थमन्त्रालय मातहतका निकायमा आफुअनुकुल व्यक्तिलाई राखेर सिंगो अर्थतन्त्र नै आफु अनुकुल चलाउन खोजेको आरोप खेपेका अर्थमन्त्री खतिवडासंग सेयरबजारका लगानीकर्ता समेत असन्तुष्ट छन । त्यस्तै अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंक जस्तो स्वायत्त निकायलाई समेत प्रभावमा पार्ने गरि काम गरिरहेको मुद्राबजारका सरोकारवालाको आरोप लाग्दै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!