सरकारकै कारण ग्रील व्यवसायीहरु सामाजिक सुरक्षा कोषमा जान पाएनन् : अध्यक्ष कटुवाल

- January 26, 2020 मा प्रकाशित

बारा । ग्रील तथा स्टील ब्यवसायी महासघका अध्यक्ष मोहन कटुवालले सरकारको नितिका कारण अधिकाश ग्रील उद्योगीहरु चाहेर पनि कानुनी दायरामा आउन नस्कदा ब्यवासाय ब्यवस्थित हुन नसकेको बताएका छन् । ग्रील तथा स्टील व्यवसायी सघ बाराको प्रथम भेलामा अध्यक्ष कटुवालले सरकारले घोषणा गरेको सामाजिक सुरक्षाकोसमा जान समेत बाधा परेको बताएका छन् । उनले भौतिक पुर्वाधारको पनि पुर्वाधार बिकासमा नभै नहुने ग्रील तथा स्टील ब्यवसाय काठको बिकल्पको रुपमा देखिएको हुदा यसले बनजङल बिनासकम गर्न मदत पुगी बातावरणलाई सन्तुलन राख्न सहयोग पुगेको हुदा यस्को महत्त्व अझ बढेको बताउदै यो ब्यवसायमा नयाँ प्रबिधी भित्र्याएर उत्पादकत्व बढाउन सकिने हुदा त्यस तर्फ लाग्न ब्यवसायिहरुलाइ आग्रह गर्नु हुँदै अधिकाश श्रमिकहरुलाइ सामाजिक सुरक्षाकोशको बारेमा जानकारी नभयेकोले श्रमिकहरु स्वस्फूर्त सामाजिक सुरक्षा कोसमा जान नचाहेको कारण सचेतना कार्यक्रमलाइ व्यापक रुपमा सचालन गर्ने र साना उद्योगिहरुलाइ सरकारले शुरुमा केही अनुदान दियेर सामाजिक सुरक्षाकोसमा जान सक्ने बातावरण बनाउनु पर्ने बताए ।

महासघका महासचिब बिबेकदास श्रेष्ठले ६७ जिल्लामा आफ्नो सन्जाल बिस्तार गरिसकेको ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालले अन्तरास्ट्रिय स्तरमा समेत सम्बन्ध बिस्तार गर्न लागिएको बताउनु भयो भने केन्द्रीय सदस्य प्रकाश पौडेलले ब्यवसाय सन्चालन गर्दा ब्यवसाय जन्य सुरक्षा तथा स्वास्थ सम्बन्धी सचेतना कार्यक्रमलाइ देश ब्यापी रुपमा सन्चालन गर्नु पर्ने बताए । मकवानपुरका अध्यक्ष कुमार पौडेलले सरकारले निर्धारण गरेको ग्रील जन्य सामानको मूल्य सुचिलाइ आधार मानी काम गर्दा ब्यवसायिलाइ थोरै भये पनि ब्यवसायिलाइ रहत मिल्ने बताउदै स्वस्थ प्रतिस्पर्धा गर्न सबै ब्यवसायिलाइ आग्रह गरेका छन् । भेलाले रेशम बहादुर जर्घामगरको अध्यक्षतामा १५ सदस्यिय कार्य समिती सर्वसमत चयन गरेको छ।

Facebook Comments

प्रतिक्रिया