डोटेली भाकामा ‘मुई डोली भाग २’ सार्वजनिक

- January 25, 2020 मा प्रकाशित

काठमाडौं । विभिन्न भाषाभाषिहरुको सम्बद्र्धन गर्ने उदेश्यले पछिल्लो समयमा डोटेली भाकाको गीत सार्वजनिक गरिएको छ । गायक वीरेन्द्र जोहारी र गायिका पुष्पा बोहराको स्वरमा डोटेली भाकाको ‘मुई डोली भाग २’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा गायक जोहारी र सम्पदा बानियाँलाई देख्न सकिन्छ । कमल बमको शब्द र संगीत रहेको गीतको भिडियो शिव विकले निर्देशन गरेका हुन् । गीतमा मायाप्रेममा परेका जोडीको विछोडको पीडा पोखिएको छ ।

Facebook Comments

प्रतिक्रिया