छैटौं सगरमाथा अन्तराष्ट्रीय कराते शुरु, पहिलो दिन बंगलादेशलाई स्वर्ण 

- January 12, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालको २१औ बार्षिक उत्सवको अवशरमा आयोजित छैटौं सगरमाथा अन्तराष्ट्रिय प्रतियोगिता अाईतवार देखि शुरु भएको छ । नेपाल सहित भारत,बंगलादेश , पाकिस्तान र श्रीलंकाको सहभागि रहेको उक्त प्रतियोगिताको उदघाटन पुर्ब बाणिज्य तथा आपुर्ति मन्त्री एबम नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का खेलकुद महासंघका ईन्चार्ज गणेशमान पुनले एक बिशेष कार्यक्रम बिच उदघाटन गर्नुभयो ।
उदघाटन समारोहलाई सम्बोधन गर्नुहुदै प्रमुखअतिथि गणेशमान पुन ले खेलक्षेत्र मा आफुले चाल्नुपर्ने क़दम र निभाउनु पर्ने भुमिकामा कुनैपनि कसर नराख्ने बताउनुभयो ।प्रतियोगितामा पुरुष तर्फ २२ र महिला तर्फ १९ ईभेन्टस् गरी कुल ४१ स्वर्णका निम्ति प्रतिस्पर्धा भईरहेको कार्यक्रम संयोजक एबम नक्सालका अध्यक्ष गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले जानकारी गराए ।
अाज उदघाटन चरणमा बंगलादेशले टिम काता तर्फ सोनिया सुल्ताना, सृष्टि अख्तर रिदिता र बोईसाखीले प्रथम स्थान हाशिल गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भए भने वाकी प्रतिस्पर्धाहरु सेमिफाईनल चरणमा प्रवेश गरे भने सेमिफाईनल तथा फाईनल सोमवार सन्चालन हुनेछ । नक्साल नारायणचौर स्थित स्टार भेन्यु पार्टी प्यालेशमा सन्चालन भईरहेको उक्त प्रतिययोगिता सोमवार सम्पन्न हुनेछ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!