दरबारमार्गको किंग्स लाउन्जको ठगी : सुरक्षाकर्मीकै सहयोगमा हुदैन कारबाही

- January 12, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की/
काठमाडौं । नेपाल प्रहरीका उच्चपदस्थ व्यक्तिकै सहयोगमा सञ्चालित दरबारमार्गको किंग्स लाउन्जमा दैनिक जसो झगडा पर्ने गरेको छ । सो लाउन्ज भित्रहुने अबैध कारोबार र अबैध बस्तुको सेवनका साथै अत्याधिक मंहगो शुल्क ग्राहकसंग असुली समेत हुँदै आएपनि सरकारले सो बारे कुनै अनुगमनन गर्दा अबैध कार्यले तीब्रता पाएकोछ । सो लाउन्जले २५ रुपैयाँमा खरिद गरेको मिनरल वाटर प्रति वोटल पानीलाई १ सय १५ देखि १ सय ५० रुपैयाँमा बिक्री गरेको पाईएको छ । सुरक्षाकर्मीकै मिलिमतोमा सो लाउन्जका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कुमार गुरुङ र लाउन्जका अध्यक्ष रामचन्द्र श्रेष्ठलगायतका व्यक्तिसंगको मिलिमतोमा ग्राहकबाट संकलन गरेको सर्भिस चार्ज र अत्याधिक मंहगो शुल्क राखेर असुली गरेको रकम समेत व्यक्तिगत रुपमा खर्च गरेको समेत पाईएको छ । (हेर्नुहोस विल…)

आन्तरिक राजस्व विभागको बेवास्ताले रेष्टुरेन्ट, होटलमा जानेहरुले आफु खुसीतयार गरेको मेनुमा लेखिएको मूल्य समेत अत्याधिक मंहगो रहेको पाइएको जनाएको छ । एकातर्फ सो लाउन्ज भित्र दैनिक जसो झगडा पर्दै आएको छ, तर दरवारमार्ग प्रहरी परिसरलाई भने सो झगडा सडकसम्म आउँदा पत्तो समेत पाउदैन । कसैले सो बारे उजुरी गरेपनि कारबाही भने हुदैन । कारण सो लाउन्जमा प्रहरीकै उच्चपदस्थ व्यक्तीहरुकै संरक्षणमा लाउन्ज चलेकाले कारबाही नभएको एक पीडित ग्राहकले नाम गोप्य राख्ने सर्तमा बताए । ती पीडितले अगाडी भने,‘सो लाउन्जमा बिलमा राखिएको पैसामा थोरै रकम नपुगेपनि साथमा भएको जिन्सी सामान जबरजस्ती राख्दै आएको छ ।’
मूल्यअभिवृद्धि कर (भ्याट) नियमावलीको प्रावधानलाई समेत तत्याउदै सो किंग्स लाउन्जले आफ्नै मनोमानी रुपमाशुल्क संकलन गर्दै आएको छ । कुनै पनि व्यवसायीले बिक्री स्थलमा अन्तिम मूल्य राख्नु पर्छ । सेवा शुल्कवा भ्याट कुनै पनिनाममा कसैले पनि उपभोक्तालाई भनेको वा देखाएको मूल्यभन्दा बढी रुपैयाँ लिन पाउँदैनन् । तरसो नियमावली विपरित लाउन्जमा जाने ग्राहकसंग बढी मुल्यलिदै आएको छ । काठमाडौँका प्रायः रेष्टुरेन्टले १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत भ्याट भन्दै उपभोक्ताबाट असुलीगर्दै आएको छ । सो सर्भिस चार्ज समेत होटल सञ्चालकले आफु खुशीखर्च गर्ने गरेको पाईएको छ । सरकारले मूल्यअभिकृद्धि कर नियमावली–२०५३ मा गतवर्ष देखि कुनै पनि बिक्री स्थलमा अन्तिम मूल्य राख्नु पर्ने प्रावधान राखेको थियो।
नियमावलीको दफा १४ ‘ख’ माभनिएको छ, ‘कुनै पनि संस्था र व्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनीकक्ष, बिक्रीकक्ष, होटल, रेष्टुरेण्ट, बार कारोबार स्थल वा आपूर्ति गर्ने स्थानमा कर लाग्ने बस्तु वा सेवाको बिक्री मूल्य (ट्यागप्राइस र सेल्फप्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’ सो लाउन्जले विद्यमान ऐनको दफाहरु कुनै पनि मान्दैनन् । आन्तरिक राजस्व विभागका अनुसार नियमावलीको प्रावधान कार्यान्वयन गर्न विभाग प्रतिबद्ध रहेको बताए पनि विभागसँगै सिमा जोडिएका रेष्टुरेन्ट, होटलमा समेत अन्तिम मूल्य राख्नु पर्ने प्रावधान कार्यान्वयन गराउन सकेका छैन । लाजिम्पाट र दरबारमार्गमा सञ्चालनमा रहेको त्रिसरा रेष्टुरेन्ट, काठमाडौँ उपत्यका देखीमनाङसम्म शाखा रहेको रेड मड क्याफे, यस्तै रोड हाउस क्याफे देखि न्यूरोड, ठमेल र दरबारमार्गमा रहेको किंग्स लाउन्ज लगायत अधिकांस रेष्टुरेन्ट, होटलहरुले भ्याट नियमावली अवज्ञा गर्दै आएकाछन ।
१० प्रतिशत सेवाशुल्क र १३ प्रतिशत मूल्यअभिबृद्धि कर जोडेर मूल्य राख्ने हो भने १ सय ५० रुपैयाँको भेज ममः कै मूल्य १ सय ८० रुपैयाँ हुन्छ । उपभोक्ताले पनि मेनुमा भएको १ सय ८० रुपैयाँ नोटिस गर्छन् तर बिल तिर्दा त्यो भन्दाबढी रकम असुलीगर्दै किंग्स लाउन्जहोटल आएको छ । अर्कोतर्फ सो होटलले बाहिर ४५ रुपैयाँ पर्ने हुक्कालाई ४ सयमा बेच्ने गरेको छ । सो लाउन्समालगानी गरेको भन्दै आएको ९ करोड रुपैयाँकहाँबाट आयो भन्ने बारे अहिले चर्चाको विषय बनेको छ । सो लगानीको स्रोत समेत देखाउन सकेको छैन ।लाउन्जले लामो समयदेखिउपभोक्ता ठग्ने कार्यलाई निरन्तरतादिदै आएको छ ।सो लाउन्जले मेनुमा लेखिएको मूल्यमा १० प्रतिशत सेवाशुल्क (सर्भिस चार्ज) र १३ प्रतिशतमूल्यअभिवृद्धि कर (भ्याट) जोडेर लिने गर्छन्। मेनुको मूल्यमा सेवाशुल्क र मूल्य अभिवृद्धि कर जोडेर लिनु गैरकानुनी हो ।

 

मूल्य अभिवृद्धि कर नियमावली–२०५३ ले कुनै पनि संस्थाले उपभोक्तालाई कर सहितको अन्तिम मूल्य भन्नुपर्ने व्यवस्था गरेको छ । नियमावलीको प्रावधान विपरित विशेषगरी होटल र रेस्टुरेन्टले मेनुमा अन्तिम मूल्य नराखेर मेनुको मुनि सानो अक्षरमा १० प्रतिशत सेवाशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर थप लाग्नेछ भनेर लेख्दै आएका छन् । जुन गैरकानुनी कार्य हो । दरवारमार्गमा सञ्चालित किंग्स लाउन्जले नियमावलीको प्रावधानलाई चुनौतीदिदै आएको छ । मेनुको मूल्यमा १० प्रतिशत सेवाशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर थप गरेर लिने केही उदाहरण मात्रै हुन्। राजधानीका अधिकांश चल्तीका रेस्टुरेन्टमा मेनुमा तोकिएको मूल्यमा सेवाशूल्क र मूल्य अभिवृद्धि कर थपलिने गर्छन् जुन सरासर गैरकानुनी हो । यसरी दैनिक रुपमा झगडा पर्ने सो किंग्स लाउन्जभित्र हुने अबैध गतिविधि र अबैध लागनीका साथै त्यस लाउन्ज भित्र के कस्तो गतिविधि हुन्छ भन्ने विषयमा थप प्रमाणहरु प्राप्त भएको छ । सो लाउन्जभित्र हुने कृयाकलापबारे थप विवरण र को–कस्को लागनी रहेको छ भन्ने बारे थप अनुसन्धान गरिदै छ । थप विवरणका बारेमा तीब्रखबर डटकमको विशेष टिमले खोजीकार्य जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!