छैटौं सगरमाथा अन्तराष्ट्रीय कराते आईतबार देखि

- January 11, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालको २१औ बार्षिक उत्सवको अवशरमा आयोजित छैटौं सगरमाथा अन्तराष्ट्रिय प्रतियोगिता भोली पुष २७ देखि शुरु हुनेभएको छ ।
नेपाल सहित भारत,बंगलादेश , पाकिस्तान र श्रीलंकाको सहभागि रहेको उक्त प्रतियोगिताको उदघाटन पुर्ब बाणिज्य तथा आपुर्ति मन्त्री एबम नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का खेलकुद महासंघका ईन्चार्ज गणेशमान पुनले भोली एक बिशेष कार्यक्रम बिच गर्नुहुनेछ ।
प्रतियोगितामा पुरुष तर्फ २२ र महिला तर्फ १९ ईभेन्टस् गरी कुल ४१ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक एबम नक्सालका अध्यक्ष गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले जानकारी गराए । दुई दिन सम्म निरन्तर चल्ने उक्त प्रतियोगिता नक्साल नारायणचौर स्थित स्टार भेन्यु पार्टी प्यालेशमा सन्चालन हुनेछ ।

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!