लिम्बू कथानक चलचित्र ‘थेत्लङ’ प्रदर्सन

- January 10, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । लिम्बू कथानक चलचित्र ‘थेत्लङ’को आगामी पुस २६ गते शनिबार काठमाडौस्थित राष्ट्रिय नाचघर जमलमा प्रदर्सन हुने भएको छ । सिक्किम युनिभर्सिटीको ग्रेजुएशन लेभलमा अध्यापन भईरहेको उपन्यास ‘थेत्लङ’ देउमान लिम्बु होन्दोकुले लेखेका हुन । उक्त उपन्यासलाई वरिष्ठ चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा र संवाद गरेका छन् ।
सिक्किमको मार्माम, हिगाउँ, केङबारी, बन्दुके, उत्तरे, हियुमाङ, थेगु, गेजिङ, यक्सुम, दाराप लगायतका ठाउँमा छायांकन भएको चलचित्रमा बिशाल सेनेहाङ, दिब्या सुब्बा, संगीता सम्बाहाम्फे, सर्मिला यक्सो, मुनाहाङ लिम्बू, सान्ती सुब्बा, हस्त लिबाङ, देउमान केरुङ, मणिराज लिम्बू, येहाङ लिम्बू, लिला तुम्बापो, सञ्जय ताम्लिङ, सनमायाँ लिम्बू, सुकबीर ताम्लिङ लगायतले अभिनय गरेका छन भने चलचित्रको गीतमा मनु नेम्बाङ, यादन सेर्मा, सिता सिंगक, गंगा फियाक, मणि ताम्लिङ, रामदुखी आङ्देम्बे, मिजिरा सम्बाहाम्फे र बालकृष्ण वनेमको स्वर रहेको छ । सागर केरुङ, दिलसिङ र यादन सेर्माको शब्द रहेको गीतहरु कुल्बा सुब्बा, राजु आङ्देम्बे, मनि ताम्लिङ र पबिन आङ्देम्बेले संगीत गरेका छन् ।
सिक्किममा बसोबास गर्ने लिम्बु जातिको जीवनशैलीमा आधारित कथा रहेको चलचित्रमा नृत्य निर्देशन दिनेश माङ्मु, क्यामेरामा हेमन योञ्जन, सम्पादन किरण केसिको रहेको छ भने उक्त चलचित्र किशोर सुब्बाले निर्देशन गरेका हुन । मनि ताम्लिङ् र बिराज लिम्बूले निर्माण गरेको उक्त चलचित्र प्रदर्शनमा बाह्र सय जति दर्शकहरुको भेला हुने प्रदर्शनी संयोजक काजी लिम्बुले बताउनु भयो । त्यसै गरि प्रदर्शनको तयारी लगभग पुरा भएको र सिक्किमबाट पनि कलाकारहरुको उपस्थिति हुने हुँदा पाहुँनाहरुको भब्य स्वागतका लागि सम्पूर्ण तयारी पुरा भैसकेको कुरा सेवारो मल्टिमिडिया प्रा.लि.का अध्यक्ष शैलेन्द्र थेवेले बताउनु भयो ।

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!