राज्यमन्त्री यादवकाे भ्रष्ट हर्कत चुलियाे, यसरी भए राम धुलाई

- December 31, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । प्रदेश न ~२~ को मंगलबार प्रदेशसभा बैठकपछि भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवमाथी पछिल्लो आर्थिक बर्षको प्रदेश सरकारले गर्ने बक्यौताको भुक्तानीलाई लिएर प्रदेश सांसदले हातपात गरेका छन् ।

नक्कली बिल भरपाई मिलान गर्न दबाब दिई रहेकोे बेला कर्मचारीले नै हातले गाला पड्किने गरि हानेेेेेेेपछि उनकाे हर्कत छताछुल्ल भएकाे हाे ।

कर्मचारीलाई अाफ्नाे अनुकुल काम नगरेकाे भन्दै मन्त्री यादबले गाली गर्दा यस्तो भएको एक नेताले बताएका छन् । रौतहट जिल्लाको क्षेत्र १ (ख )बाट झिनो मतले विजय प्राप्त गरेर चुनाव जितन सफल भएका व्यक्ति हुन यादब । विकास रकम दुरुपयोग गरि विभिन्न चोकमा जग्गा तथा घडेरी किनेको उनकाे भ्रष्ट हर्कतले स्थानीयहरु आक्रोशित छन् । यादबले गोरख धन्दा गरि व्यापक भ्रष्टाचारकाे आरोप लागेको स्थानीय वासिन्दाले बताएका छन् ।

गत वर्षको निकासा सम्बन्धमा उठेको विषयमा भनाभन भएकै हो मन्त्रीले बताए छन। र मन्त्री यादबले गाली गरि बैइजत गरेको हुँदा प्रहरी कार्यालयमा उजुरी दिने तयारीमा समेत लागेको कुरा एक कर्मचारीले तीव्रखबरलाई बताएका छन् । उनका थप कर्तुतहरु तीव्रखबरले खाेजी जारी राखेकाे छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!