जबरजस्ती करणी गरेको अभियोगमा रवि पक्राउ

- December 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मकवानपुर २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका-७ वसेरी बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ कौडोल घर भएका ४२ वर्षीय रवि खनाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

खनालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!