लुःनिभाका पदाधिकारीहरु फरार : मिनकृष्ण श्रेष्ठको हर्कतले हजारौंको रुवाबासी

- December 13, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-दिपक गिरी

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक स्वर्गिय श्रीकृष्ण श्रेष्ठका दाजु अर्थात फिल्म निर्माता मिनकृष्ण श्रेष्ठको हर्कतले यतिबेला हजारौं सर्वसाधारणहरुको रुवाबासी भएको छ । केही चलचित्र निर्माणमा शेयर लगानी गरेर निर्माता समेत बनेको मिनकृष्णको कारण यतिबेला कतिपयहरुको घर जगडा मात्र भएको छैन, उठीबास नै लागेको कारण अहिले उनी लुक्दै भाग्दै हिड्ने गरेको बताइएको छ ।

निर्माता मिनकृष्ण श्रेष्ठ अध्यक्ष रहेको एक बहुउद्देशीय सहकारीमा उनी र उनका सहकर्मी पदाधिकारीहरुले मनोमानी हिसावले रकम चलाउनु र लगानी गर्नुले उनीहरु सकसमा परेका समाचारस्रोतले उल्लेख गरेको छ ।

असनको कमलाक्षीमा रहेको लुःनिभा बहुउद्देशीय सहकारी संस्था लिमिटेडले गरेको ऋण प्रवाहमा गम्भिर लापरवाही भेटिएको छ । सो संस्थाले मनखुसी ऋण लगानी गर्नुका साथै आफुखुसी रकम चलाउँनुका कारण सो संस्था यतिबेला टाट पल्टिएको मात्र छैन्, संचालकहरु फरार छन् । सो सहकारीबाट राम्रो व्याज मुनाफा लिन सो सहकारीमा आफ्नो पैसा बचत गरेका सर्वसाधारणहरु उक्त संस्थाको सबै पदाधिकारीहरु फरार भएसंगै उनीहरुको रुवाबासी शुरु भएको हो ।

हामीलाई प्राप्त कागजात अनुसार बचतकर्ताहरुको रकम उनीहरुले जग्गा जमीनमा लगानी गरेको र जग्गामा घाटा भएपछि सो संस्था डुबेको बताइएको छ । साथै केही ऋणीहरुले रकम लिएर नतिरेको कारण पनि सो संस्था टाट उल्टिएको र हाल बन्द गरेर संचाललकहरु फरार रहेको बताइन्छ ।

लुःनिभा बहुउद्देशीय सहकारी संस्थाका अधिकारीहरुको मिलेमतोमा चलाएको करोडौ रकम जग्गामा फसेपछि सो सहकारी डुबेको हो । साथै सो सहकारीका अध्यक्ष मिनकृष्ण श्रेष्ठले संस्तोमा जग्गा खरिद गर्दै १० औं गुणा महंगोमा केही बचतकर्ताहरुलाई पैसा नदिएर जग्गा दिँदै त्यहाँ पनि ठगी गर्न सफल रहेको बताइन्छ । अहिले सो संस्थाबाट पिडित बनेका बचतकर्ताहरु डिभिजन सहकारी कार्यालयमा न्यायको याचना गर्न पुगेको बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!