राैतहट प्रहरीमा घुमुवा काण्ड : एसपी भुपेन्द्र खत्रीकाे घुमुवा हप्ता अशुलीमा सक्रिय

- December 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

तीव्रखवर प्रतिनिधि

रौतहट । पुर्व मन्त्री अफताब आलमलाई समातेर हाल देश कै चर्चित ब्यक्ती बन्नु भएका तथा प्रहरी संगठन कै मन जित्न सफल रौतहटका प्रहरी उपरिक्षक भुपेन्द्र खत्री बिदामा जिल्ला बाहिर छन । जिल्लाको सुरक्षा ब्यबस्थाको जिम्मा खत्री कै बिश्वासपात्र एव रौतहटको इतिहासमा सफल र लोकप्रिय् प्रहरी नायब उपरीक्षक एव प्रवक्ता नवीन कार्की काँधमा छ ।

उहाँले गरेको बृफिङ र लिएको एक्सनले अपराधी ,तस्कर लगायत गलत क्रियाकलाप गर्ने धमाधम कारबाहीमा पर्न थालेका छन । अपराध गर्ने अपराधीमा रुवाबासी र भागदौड मचेको छ । प्रहरी निरीक्षक पप्पु नायकले कार्कीले दिएको निर्देशनको पाल्ना गर्न अहोरात्र खटदै आएका छन । आफ्नो मातहतका सबै प्रहरीहरुलाई गलत कार्य गर्न नदिन निर्देशन दिइरहेका छन् । धेरैलाई गोप्य सूचना संकल्न गर्न खटाईएको छ । तर उहाँहरुले खटाएको रौतहटको सादा पोशाक केही प्रहरी जवानले उहाँहरुको निर्देशनको गलत फाइदा उठाइरहेको समाचार स्रोतको दाबी छ ।

यसरी माैलाउँदै तस्करी

रौतहटमा रौतहट कै घुमुवा प्रहरी कै आशीर्वादले विभिन्न सिमाबर्ती नाकाबाट तस्करी भइरहेको हल्ला खल्ला सुनिदैछ । उपरिक्षक खत्री नभएता पनि उहाँ कै राइट हयान्ड मानिने प्रहरी नायब उपरिक्षक नवीन कार्की र लेफ्ट हयान्ड मानिने क्राइम ब्रान्च सेक्टरका प्रहरी निरीक्षक पप्पु नायक समेतको आंखामा छारो हाली चतुर घुमुवा प्रहरी मानिने प्रहरी साहायक निरीक्षक राम नरेश यादब कै इसारामा तस्करले आफ्नो धन्दा फस्टाएका छन भन्नेको कमि छैन ।

उपरिक्षक खत्री सहित नायब उपरीक्षक कार्की र निरीक्षक नायकको पछिल्लो समयको कदम र रोलको देश र जिल्ला मै प्रसंशा भइरहेको बेला घुमुवा प्रहरी यादब सहितको कर्तुतले उहाँहरु लगायत प्रहरी सङगठ्न बिभागको नाम कहि न कहि बदनाम हुँदै गएको स्थानीयहरुको तर्क छ । यसबारे गम्भीर हुन स्थानीयले माग समेत गरेका छन ।

गोप्य सुचनाका लागि राखिने घुमुवा प्रहरी लोभ लालचमा परि तस्करी कार्यमा लागेको चर्चा परिचर्चा चलेकोले यसलाइ निरुत्साहित गर्न तर्फ लाग्नु तथा बास्तबिकता बुझेर कारबाही अगाडि बढाउन नै इतिहासमा हाल सम्म रौतहटका सक्षम प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीको काँधमा ठूलो चुनौती थपिएको छ । पछिल्लो समय तस्करी बढेको रौतहटको विभिन्न नाका मध्ये हाल बन्कुल नाकाबाट सुपारी ,छोहरा र मरिचको तस्करी भइरहेको स्थानीयहरु बताउछन ।

रामपुर ,औरैया ,बन्जरहा ,लक्ष्मीपुर बेलबिछ्वा ,गौर भन्सार नाकाबाट कपडा ,रक्सी ,मरिच ,इलेक्ट्रोनिक आइटम ,कुखुरा चल्ला सहित विभिन्न सामाग्री चोरी पैठारी हुने गरेको स्रोतले बताएको छ । उता सादा पोसाकमा बिगत लामो समय देखि खटेका यादबले आफू तस्करी र तस्करको त पनि जान्दिन । मेरो कुनै प्रकारको साटघाट तस्कर र तस्करी गर्ने कसैसङ नभएको दाबी गरेका छन ।

हाल खटेका घुमुवा प्रहरीहरु नै तस्करी कार्य गर्नेहरुसंंग दिन रात फोन सम्पर्क गर्ने ,आफुले चीनेको ठाउँमा तस्करी बापतको रकम राख्न लगाउने गरेको स्रोतको दाबी छ । उपरिक्षक खत्री रौतहटमा आएदेखि रौतहटको विभिन्न ठाउमा तस्करीको सामाग्री समातिएको र सोको लिलामी बाट करोडौं राजस्व संकलन भएको उदाहरण थुप्रो छ ।

तस्कर समातिएको ,विभिन्न मुद्दामा फरार अभियुक्त समातिएको उहाँको र उहाँको टिमको प्रसंशनसनिय कार्यमा घुमुवा प्रहरीको पछिल्लो गतिविधिले अमिलोपन आउन थालेको बुद्धिजिबिहरुको तर्क छ । रौतहटका जनताले शान्ती सुब्यबस्था र सुरक्षा साथै कानुनि राज्य अनुभुति गर्न थालेको जिल्लाको इतिहासमा पहिलो पल्ट हो । पहिला जे भयो भयो ।

अब उहाँ कै पालामा तस्करी र त्यसमा समलग्न सबैलाई तह लागेको र त्यस्ता अबैध कार्य निरुत्साहित भएको हेर्ने मन र ठूलो चाहना रौतहट बासीको रहेको आम रौतहट बासीको माग छ । लामो समय घुमुवा बस्दा विभिन्न व्यक्ती बिशेस संंग चीनजान गरि तस्करी कार्यको बढावा दिने स्थानीय हृदय नारायण यादब बताउछन ।

को हुन् घुमुवा प्रहरी ?
सामान्य रुपमा बुझ्दा घुमुवा सादा पोशाकका प्रहरी हुन् । उनीहरुलाई गोप्य सूचना संकलन गरेर अपराध नियन्त्रण गर्ने उद्देश्यले राखिएको हो । तर, पछिल्ला वर्षहरुमा उनीहरु जिम्मेवारी छाडेर महिनावारी असुलीमा सक्रिय छन् ।

इञ्चार्जसमक्ष पैसा र्पुयाउने विश्वासिलो माध्यम बनेका छन्, उनीहरु । घुमुवा प्रहरी विशेषतः तराईका जिल्लामा बढी सक्रिय देखिन्छन् । सीमा नाकाबाट हुने चोरी, तस्करीमा उनीहरु जोडिँदै आएका छन् ।

घमुवा प्रहरी भनेर छुट्टै दरबन्दी हुँदैन । जिल्ला प्रहरी कार्यालयहरुमा ५ देखि १० जनासम्म घुमुवा राखिएको देखिन्छ ।

राजधानीमै पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) को नेतृत्व हुने प्रहरी वृत्तदेखि प्रहरी निरीक्षकको कमाण्ड हुने प्रभागसम्ममा घुमुवा राखिएका छन् । कतिपयमा कार्यालयमा असईको कमाण्डमा उनीहरुलाई राखिएको छ भने केही वृत्तहरुमा हवल्दारको कमाण्डमा छन् । जिल्लामा भने प्रहरी निरीक्षकको कमाण्डमा पनि घुमुवा खटाइएका छन् ।

केही घुमुवा प्रहरी एउटै प्रहरी अधिकारीको वरिपरि घुमेको पनि देखिन्छन् । अर्थात्, हाकिमको जता जता सरुवा हुन्छ, उनीहरुलाई पनि त्यतै लग्ने गरिएको छ ।

कतिपयको हकमा भने यो लागू हुँदैन । उनीहरुको जागिर जुन जिल्लाबाट सुरु भएको छ, त्यहीँबाट अवकाश भएका उदाहरणहरु पनि प्रशस्तै छन् । कहाँ–कहाँबाट रकम उठाउने गरिएको छ भन्ने उनीहरुलाई थाहा हुने भएकाले पनि घुमुवालाई सामान्य अवस्थामा सारिँदैन ।

यसरी प्रहरी कार्यालयहरुको नेतृत्व गरेका अधिकारीहरुले आफू निकटका अधिकारीलाई घुमुवा राखेर अनुकुलता अनुसार प्रयोग गर्दा उनीहरु बदनाम छन् ।

यसरी सुरु भएको थियो घुमुवा राख्ने चलन

नेपाल प्रहरीमा घुमुवा प्रहरी राख्ने चलन कहिलेबाट सुरु भयो भन्ने थाहा पाउन ०३५ सालतिर फर्किनु पर्छ, जतिबेला दुर्लभकुमार थापाले नेपाल प्रहरी हाँकिरहेका थिए ।

त्यसबेला प्रहरी न्यून संख्यामा थिए । थापा सूचना संकलनलाई फराकिलो बनाउने पर्ने पक्षमा थिए । त्यसले अपराध अनुसन्धानमा मात्र नभइ अपराधको रोकथाममा पनि टेवा पुग्ने उनको विश्वास थियाे ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!