दराज अनलाईन शपिंगको रोकिएन उपभोक्ता ठग्न : सरकारी निकाय मुकदर्शक

- December 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । दराज अनलाईन शपिंग नामको गैरकानुनी संस्थाद्वारा उपभोक्तालाई ठग्ने कार्यमा सरकारले कुनै कारबाही नगर्दा ठगी कार्यले तीब्रता पाएको छ । दराज अनलाईनबाट उपभोक्ताले खरिद गरेको समान केही कारण फिर्ता गर्नु परेमा भने दराजले उपलब्ध गराएको भौचर मार्फत आफुहरुलाई ठग्ने गरेको आरोप उपभोक्ताहरुले लगाएका छन् ।उपभोक्ताले दराज अनलाइनबाट किनेको समान फिर्ता गरे पश्चात पाएको भौचरको कुल रकम बराबरको अर्को समान खरिद गर्न नपाउदै त्यो भौचरको सम्पूर्ण पैसा काट्ने गरेको दराज अनलाईनबाट ठगिएका उपभोक्ताहरुले गुनासो गरेका छन् । दराज अनलाइनबाट किनेको समान फिर्ता गर्दा पाएको दुई हजार आठ सय पाँच रुपैया बराबरको भौचर पाँच सय पचास रुपैया बराबरको समान खरिद गर्दा नै सकिएको जानकारी दिएका छन् । दराज अनलाईनको ग्राहक सम्पर्क केन्द्रमा फोन गरेर जानकारी गराउदा एउटा भौचर एउटा समान खरिदको लागि मात्रै प्रयोग गर्न सकिने र भौचरमा रहेको बाँकी रकम ग्राहकले फिर्ता नपाउने हाम्रो नीतिमा रहेको सो संस्थाले जनाएको छ । यसरी भौचर उपलब्ध गराउदा दराज अनलाईनले भौचर सम्बन्धि कुनै नियम तथा नीति नै जानकारी नगराई ठग्ने गरेको उनको गुनासो रहेको छ ।


यसैबीच, सो संस्थाले ११ः११ को नाममा छुटभन्दै करोडौ मुल्यको गुणस्तहिन सामान बिक्री गरेको भएपनि अहिले सम्म सरकारलाई बुझाउनु पर्ने कुनै कर र राजस्व बुझाएको छैन । भने सो संस्थाले के कति कारोबार गरेको भन्ने बारेमा कुनै जानकारी दिन आनाकानी गर्दै आएको छ । भने फेरी सन २०१९ को विदाई २०२० को आगमनको स्वागत भन्दै १२ : १२ को नाममा पुन ठगी धन्दा चलाएको छ । गैरकानुनी रुपमा आफ्नो सोरुम राखी रातारात बजारबाट गुणस्तहिन सामान संकलन गरेर दराज नामको स्टिकर लगाई अत्याधिक मंहगोमा बिक्री गर्दा समेत सरकारी निकाय मौन रहेको छ ।

अनलाईन सपिङका नाउँमा दराजबाट ठगीभएको ऊजुरी परेपछि गत जेठमा वाणिज्य आपूर्ति तथा उपभोत्ता संरक्षण विभागले अनुगमन गरेको भएपनि अहिलेसम्म कुनै कारबाही गरेको छैन । दराजले व्यवस्थापक नभएको बहाना ग¥यो र विभागको अनुगमन टोली तत्काल त्रुटी नभेटिएको भन्दै त्यसै फर्कियो । तर, विभागले ७ दिन भित्र दराजको अनलाईन व्यापारको सबै कागजात पेश गर्न निर्देशन भने दिएको थियो । चौतर्फी ठगी गरेको ऊजुरी पर्दा समेत विभागले सबै कागजात अध्ययन नगर्नुमा घोटाला हुन सक्ने उपभोक्ताकर्मीको आरोप छ । सो विषयमा विभाग दराजको प्रभावमा परेको आरोप समेत लागेको छ । त्यति मात्र नभई कुनै सामानको व्यापार गर्न सम्वन्धीत विभागको अनुज्ञा पत्र लिन पर्छ । तर, दराजले विभागसँग कुनैपनि वस्तु विक्री गर्नका लागि अनुमति लिएको छैन् । यस बाहेक दराजले सेल अफर भन्दै कुनै पनि वस्तुको मूल्यमा भारी छुट दिएको वेवसाइटमा देखिन्छ । तर, उक्त सामान खरिद गर्ने हो भने दराजले कमसल, गुणस्तहिन् र सस्तो मूल्यको सामान पठाउछ ।

सामान लिने बेलामा उपभोक्ताले हेर्नसमेत पाउदैनन् । त्यस्तै दराजबाट सामान खरिद गर्दा भ्याट बिल समेत पाइदैन् । यसरी हेर्दा दराजले अनलाइन सपिङको नाउँमा खुल्लमखुल्ला ठगि गरिरहेको उपभोक्ताकर्मीहरुको भनाई छ । अनलाइन सपिङले उपभोक्तालाई सामान खरिदमा सहज भएको छ । तर,कुनैपनि वस्तु अनलाइनमा राखिएको विवरण अनुसार उपलब्ध नहुनुले दराजले दिनहुँ धेरैलाई ठगिरहेको स्पस्ट हुन्छ ।

यो अध्ययन गर्न छुट्यो की ?

दराज सपिङ्ग अनलाइनको ठगीधन्धा: ११:११ को नाममा लुट, कर र भ्याट छली

दराज अनलाइन सपिङ्ग नामक संस्थाद्वारा विनाअनुमति सामान बिक्री : सरकार मुकदर्शक


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!