मैनालीलाई राजिवलोचन स्मृति पुरस्कार प्रदान

- December 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । यस वर्षको राजिवलोचन जोशी स्मृति पुरस्कार वरिष्ठ साहित्यकार युवराज मैनालीलाई प्रदान गरिएको छ । काठमाडौंमा आइतबार कवि शिरोमणि राजिवलोचन जोशीको ९१ औं स्मृति दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथि डा. उषा ठाकुरले नगद २० हजार सहति मैनालीलाई सम्मान गर्नु भएको हो ।

पुरस्कृत भएपछि साहित्यकार मैनालीले पुरस्कारबाट आफूलाई लेखन कार्यमा थप हौसला मिलेको बताउनु भयो । मैनालीका निबन्ध, लघुकथा र व्यंग्य संग्रह लागायतका कृतिहरु प्रकाशित छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!