रियलस्टेट मास्टरमाईन्ड तालिममा कम लगानीमा गुणस्तरिय घर बनाउने तालिम सम्पन्न

- December 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ’वे टु सक्सेस कन्सल्टिङ एन्ड ट्रेनिङ सेन्टर’ को संयोजकत्वमा रिम नेपालद्वारा आयोजित ‘रियलस्टेट मास्टरमाईन्ड’ सिरीज कार्यक्रमको सुरुवात गरिएको छ । सो कार्यक्रम अन्तरगत पहिलो चरणमा ट्रेनिंङ र वर्कसप कार्यक्रममा तालिम दिइएको छ । सो प्रशिक्षण कार्याक्रममा ५० जनाको मात्र सिमित सिट राखेर सञ्चालन गरिएको छ । कार्यक्रमका मुख्य प्रशिक्षक तथा रियल स्टेट कन्सल्टेन्स सुनिल कार्कीले कार्यक्रममा १५ प्रतिशत कममा उत्तिकै गुणस्तरीय घर कसरी बनाउन सकिन्छ, कम पैसामा पनि गुणस्तरिय र राम्रो जग्गा कसरी किन्न सकिन्छ ? लगानीको लागी धेरै भन्दा धेरै प्रतिफल आउने जग्गा कसरी चिन्न सकिन्छ ? एउटै जग्गाबाट पनि फरक÷फरक तरिकाले प्रयोग गरेर कसरी धेरै भन्दा धेरै फाईदा उठाउन सकिन्छ ? जस्ता बिषय बस्तुहरुमा प्रशिक्षण दिएका थियो ।
कन्सल्टेन्ट तथा ट्रेनर आपी सिर्जनले पर्शनल फाईनान्सलाई कसरी व्यावस्थापन गर्ने र लगानी गर्दा ध्यान दिनु पर्ने कुरा के/के हुन सक्छन् ? भन्ने विषयमा सहभागीलाई प्रशिक्षण दिएको थियो । डिजिटल बिजनेस कन्सल्टेन्ट दिपेश सापकोटाले जग्गा या रियलस्टेटको अन्तर्राष्ट्रिय ट्रेन्डको बारेमा जानकारी दिंदै नेपालमा यसलाई कसरी सफल बनाउन सकीन्छ ? भन्ने बारे प्रशिक्षण दिएका थिए ।
वे टु सक्सेस कन्सल्टिङ एन्ड ट्रेनिङ सेन्टरकी कार्याकारी अधिकृत (सिईओ) संगिता तिमील्सिना पौडेलले मानिसलाई सफल हुनको लागी लगानीको राम्रो क्षेत्र रियलस्टेट भएकाले यसको बारेमा देशमा सिकाउने स्कुल कलेजहरू नभईरहेको अबस्थामा आँफूहरूले गर्ने यस्ता प्रशिक्षण कार्यक्रमले एकै दिनको सिकाईकै आधारमा पनि धेरै काम लाग्ने कुरा बताईन । उनीले सिकाउन र सिक्न सकीने र यिनै कुराहरूले मान्छेलाई सफल हुने सहयोग पु¥याउने हुनाले आफूहरुले यो कार्यक्रमलाई एउटा शिरीजको रुपमा सञ्चालन गरेको जानकारी गराईन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!