नेटकाे ठगी धन्दामा अछुताे रहेन टेलिकम

- December 8, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपालको इन्टरनेट सेवालाई संसारकै महँगो मानिन्छ । संसारभर दिनप्रतिदिन इन्टरनेटको मूल्य घट्दै छ । तर, नेपालमा भने यस्तो भएको छैन ।

विशेष त सरकारी स्वामित्वका कम्पनी नेपाल टेलिकमले प्रदान गर्ने इन्टरनेट सेवालाई महँगो रुपमा लिइन्छ । यसको कारण टेलिकमले अन्य इन्टरनेट प्रदायक कम्पनीहरुभन्दा निकै महँगोमा ब्यान्डविथ खरिदको कारण यस्तो भएको विज्ञहरु बताउँछन् ।

टेलिकमले महँगोमा ब्यान्डविथ खरिद गर्दा इन्टरनेट सेवा महँगो मात्र होइन विदेशी मुद्दा अपचलन समेत हुने गरेको छ । गत साता पुनः टेलिकमले ब्यान्डविथको लागि टेन्डर आह्वान गरेको छ ।

अहिले इन्टरनेट प्रदायक संस्थाहरु एनसेल, वल्डलिंक, सुविसुलगायतले ब्यान्डेविथ विक्रेता एयरटेक र टाटा कम्युनिकेसनसँग आठदेखि साढे आठ अमेरिकी डलरमा खरिद गरेकोमा सोही डाटा नेपाल टेलिकमले २५ देखि ३५ अमेरिकी डलरसम्म खरिद गरेको सूचना प्राप्त भएको छ ।

कागजीरुपमा एयरटेक र टाटा कम्युनिकेसनको नेपाली एजेन्ट छैनन् । नेपाली टेलिकमले सिधै एयरटेक र टाटा कम्युनिकेसनसाग ब्यान्डविथ किन्ने सम्झौता गर्ने गरेको छ ।

तर, एयरटेलका नेपाल प्रतिनिधि हनी इन्टरप्राइजेज र टाटा कम्युनिकेसन हेमन्त अग्रवालले एजेन्टको काम गरी झन्डै चौवर महँगोमा किनेबापत पाउने कमिसन टेलिकमका एमडी, सचिव, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पुर्याउने टेलिकम स्रोत बताउँदछ, देशान्तरमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय प्राक्टिसमा कच्च तेलको मूल्य जस्तै ब्यान्डविथको पनि मूल्य घट्ने, बढ्ने भइरहन्छ । तर, टेलिकमले कमिसनका कारण एकैपटक चार–पाँच वर्षका लागि एउटै मूल्यमा खरिद सम्झौता गर्दछ ।

यसरी संस्था डुबाउने र विदेशी मुद्रा अपचलन गर्दा पनि निर्णायक संस्था दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंक रमिते भएर बसेको देख्दा मन्त्री र प्रधानमन्त्रीको यसमा सिधै संलग्नता भएको पुष्टि हुन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!