मुख्यमन्त्रीको गृह जिल्लामा चीसोले हरिबिजाेक, भूईंमा पढ्न वाध्य बालबालिका

- December 4, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

वीरगन्ज,मंसिर १८ । ‘बेटी बचाऊ बेटी पढाउ’ को नारा सुन्ना साथ प्रदेश २ का मुख्य मन्त्रीको महत्वपूर्ण नारा भन्ने बुझ्न अन्य प्रदेशकालाई गाह्रो पर्दैन । प्रदेश २ मा अन्य पार्टीका नेता कार्यकर्ताले पनि यो नारालाई सान्दर्भिक नै ठानेका छन् । तर प्रदेश २ का मुख्य मन्त्रीको गृह जिल्ला जहाँ स्थानीय १४ वटा सरकार छन् । तथापि पर्साका अधिकांश सामुदायिक विद्यालयका सानो कक्षाका बालबालिकाहरुको कक्षाको बसाई भने यो चीसो मौसममा भूईमै बसेर बित्छ ।

मध्ये तराईमा बिहान विस्तारै शितलहर सुरु हुन थालेको छ । यो बर्षको शितलहरमा पनि ती बालबालिकाले विद्यालयको भूँईको चीसो छल्न आफ्नैै घरको प्लाष्टिकको थोत्रो बोराको सहारा लिन वाध्य छन् । उनीहरुसँग अर्को विकल्प पनि छैन । त्यो पनि आफ्नै घरबाट घिसार्दै लिएर गएको बोरा त्यसैमा कपी, किताब, आफू र झोला समेत अटाउनु पर्ने अवस्था छ ।

विसंं. २०१७⁄२०१९ सालमा स्थापना भएका सामुदायिक विद्यालय भर्ना भएका विद्यालयको पनि अवस्था अझै बद्लिएको छैन । पर्साको पकाहामैनपुर गाउँपालिकाको श्री हरिहरराज उपाध्याय निमावि खेश्राहा, श्री ने.रा प्रा.वि. मैनपुर, श्री राम चरित्र भगत मा.विको स्थिती नाजुक छ । प्रायः अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीको विद्यालयको बसाई सुदृढ हुन सकेको छैन ।

विद्यालयको अनुगमनका क्रममा प्रारम्भिक शिक्षा पढाई कार्यक्रमका जिल्ला अनुगमनकर्ता विष्णु दाहाल पनि यो कुरा मान्न सहमत छन् । विद्यालय स्थापना भए यता बर्षौंदेखि विद्यालयका नाममा बिनियोजन हुने बजेट के मा खर्च भयो होला ? उनी प्रश्न गर्छन् ।साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!