चलचित्र ‘छ माया छपक्कै‘ कसरी हेर्ने त डिश होममा ?

- December 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

चलचित्र ‘छ माया छपक्कै’अब डिश होमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शनमा आएको छ । दिपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), केकी अधिकारी लगायत दर्जनौँ चर्चित कलाकारहरुको अभिनय रहेको उक्त चलचित्र मंसिर १३ गते देखि प्रदर्शन भैरहेको छ । चलचित्रलाई दर्शकहरुले ४२५ मै स परिवारको साथमा हेर्न सक्नेछन ।

डिश होमले हलसम्म गएर सिनेमा हेर्न नभ्याउने र हलहरुको सहज पहुँच नभएको दर्शकहरुका लागि न्यूनतम शूल्कमा स–परिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने पे पर भ्यु सुविधा उपलब्ध गराइरहेको छ । पे पर भ्यु सुविधा अन्तर्गत संचालन भइरहेको सिनेमा घर च्यानल नम्बर १०८ मा नयाँ नेपाली सिनेमा हलमा लागेसँगै वा हलमा लागेको केहि समय पछि न्युनतम शुल्कमा हेर्न सकिन्छ ।

हरेक दिन आठ शो प्रदर्शन हुने सिनेमा घर एसएमएस पठाएर, डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर र नजिकै डिशहोम बिक्रेतासँग सम्पर्क गरेर सजिलै खुलाउन सकिन्छ । आमा सरस्वती मुभिज प्रालि र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको वर्षकै सर्वाधिक सफल चलचित्र ‘छ माया छपक्कै’ कार्तिक २४ गते सिनेमा हलहरुमा प्रदर्शन भएको थियो ।नेपाली सिनेमा जगतमा उत्कृष्ट प्रदर्शनी कायम गर्न सफल रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!