रामजानकीको स्वयम्वर हेर्न रंगभूमि मैदान भरीभराउ

- December 1, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जनकपुरधाम । रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत स्वम्वर आज सम्पन्न भएको छ । विहे भन्दा पहिला स्वम्वर गरिने परम्परा रहेको छ । स्वयम्वर जनकपुरधामको ऐतिहासिक रंगभूमि मैदानमा भएको छ । भनिन्छ त्रेता युगमा पनि धनुष यज्ञ र स्वम्बर रंगभूमि मैदानमै भएको थियो ।

स्वयम्वरका लागि मिथिला दरवारको प्रतिनिधित्व गर्ने जानकी मन्दिर र अयोध्या दरवारको प्रतिनिधित्व गर्ने राम मन्दिरवाट छुट्टा छुट्टै डोला त्यहाँ पुगेको थियो । जानकी मन्दिर डोलाको नेतृत्व जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव र राम मन्दिर डोलाको नेतृत्व राम मन्दिरका महन्थ राम गिरिले गरेका थिए ।

राम मन्दिरका डोला संगै अयोध्यावाट आएका जन्तीहरु पनि सहभगि थिए । स्वयम्वरका क्रममा जानकी मन्दिरका डोला सहित मन्दिरका महन्थ र पुजारीले राम मन्दिरका डोलालाई विशेष पूजा गरेका थिए । पूजा पछि रामको डोलालाई जानकीको डोलाले ७ पटक परिक्रमा गरेका गरेका थिए । यो दृश्य हेर्न पूरै १४ विगाहाको रंगभूमि मैदान भरिएको थियो ।

स्वम्बरपछि जनकपुरधाममा शोभा यात्रा निकालिएको छ । शोभा यात्रामाजनकपुरका अधिकांश मन्दिरको झाँकीहरु रहेको थियो । शोभा यात्राको क्रममा नेपाली सेनाको हेलिकप्टरद्वारा पुष्पवृष्टि गरिएको छ भने घर घरवाट डोलालाई आरती देखाएका थिए । राजधानीबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!